‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’ | Khabarhub Khabarhub

‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गर्‍यो ।

अदालतको आदेशपछि सवारी साधन भएका स्थानीयवासी व्यास नगरपालिका–५ पाटनको बाटो हुँदै दमौली आउन थाले । अदालतको आदेशसँगै पैदलयात्रीलाई त झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भयो, तर सवारी साधन भएकालाई वारी आउन केही समय बढी लाग्ने अवस्था आयो ।

केही समय लगत्तै पुनः झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्न थालियो । अदालतको निर्णय अव्यवहारिक भएको भन्दै स्थानीयवासीबाट उक्त आदेश उल्लङ्घन भयो ।

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ ।

झापुटारका स्थानीयवासीको मुख्य बजार दमौली हो । झोलुङ्गे पुल तरेर पाँच मिनेटमै दमौली बजार आइपुग्छ । त्यसको विकल्पमा पाटनबाट दमौली आउन २० मिनेट भन्दा बढी लाग्छ ।

झापुटारबाट देउरालीनगर जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आए । विगतमा धेरै सरकार बने पनि स्थानीयवासीको माग पूरा हुन सकेन ।

सङ्घीयता आएपछि गठन भएको गण्डकी प्रदेश सरकारले स्थानीयवासीको माग सम्बोधन गरेको छ । स्थानीय विजयलक्ष्मी थापाले हाम्रो माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिए ।

प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण शुरु भएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।

एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु चार करोड ५० लाख विनियोजन भएकोमा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : २० बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।