ललिता निवास जग्गा प्रकरणका अभियुक्त ढकाल पुर्पक्षका लागि थुनामा (आदेशसहित) | Khabarhub Khabarhub

ललिता निवास जग्गा प्रकरणका अभियुक्त ढकाल पुर्पक्षका लागि थुनामा (आदेशसहित)


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष अदालतले ललिता निवास प्रकरणका अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ढकाललाई थुनामा पठाउन आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। ढकालसँग अख्तियारले ३९ करोड २७ लाख ६८ हजार बिगो दाबी गरेको थियो।

मुख्य बिचौलियाको भूमिका निभाएको आरोप लागेका ढकाल उक्त प्रकरणमा अनुसन्धान शुरु भएपछि फरार भएका थिए।

म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालत बुधबार हाजिर भएका उनलाई थुनछेक बयान र बहसपछि थुनामा पठाइएको हो।

यस्तो छ आदेश

 

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : १२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन