नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ | Khabarhub Khabarhub

नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली सुन देखाई ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी काठमाडौंको अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको माछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग , बर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भै काठमाडौंको ताहचल बस्ने पप्पु भन्ने अभय कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले २०७२ साल माघ १२ गते काठमाडौँको ताहाचल बस्दै आएका एक व्यक्तिलाई १ किलो सुन जस्तो देखिने धातुलाई सुन भनेर झुक्याएर बिक्री गरी ५५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

ती व्यक्तिले आफू ठगिएको थाहा पाएपछि महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

अपराध महाशाखाको प्रहरीले खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई नगद ९ लाख ५० हजार रुपैयाँ २ वटा मोटरसाइकल र ५ थान मोबाइलसहित राजधानीबाट नियन्त्रणमा अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : २४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६