केपी ओली लोकतन्त्रका हत्यारा: अध्यक्ष नेपाल | Khabarhub Khabarhub

केपी ओली लोकतन्त्रका हत्यारा: अध्यक्ष नेपाल


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा प्रचण्ड–माधव समूहका एक जना अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली ‘ओली फाउन्डेसन’ का मात्रै अध्यक्ष रहेको टिप्पणी गरेका छन् । उनले ओली बढीमा ‘ओली गुट’ का अध्यक्ष मात्रै रहेको पनि बताएका छन् ।

संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै अध्यक्ष नेपालले निर्वाचन आयोगमा गएर बहुमत प्रमाणित गरेर देखाउन चुनौती पनि दिएका छन् । उनले ओलीले निर्वाचन आयोगमा पुगेर उनका पक्षमा निर्णय गर्न दबाब दिएको आरोप लगाएका छन् ।

नेपालले ४४१ जना केन्द्रीय सदस्यहरुमध्ये २९५ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको बताए । उनले नियमअनुसार चाँडो निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरे ।

नेपालले ओलीलाई ‘लोकतन्त्रका हत्यारा’ भन्दै उनी पापी भएको आरोप लगाएका छन् । उनले पशुपतिनाथले पापीलाई माया नगर्ने बताए ।

उनले भने, ‘पशुपतिमा बत्ती बालेर ओलीको पाप पखालिँदैन, ओलीलाई चेतना भया ।’

नेपालले आफूहरु जिउँदै रहेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिगमनका प्रतीकको संज्ञा दिए । उनले भने ‘हामी जिउँदै छौँ, संघीयता र गणतन्त्र हामीले ल्यायौँ ।’

उनले ओली गणतन्त्र र संघीयताका विरोधी भएको आरोप पनि लगाए ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ३० बजे

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा