पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी 'चिरा परेको' प्रचण्डले मेसो पाएनन् : मन्त्री रायमाझी  | Khabarhub Khabarhub

पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ प्रचण्डले मेसो पाएनन् : मन्त्री रायमाझी 


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीसमूह र प्रचण्ड-नेपाल समूहले आइतबार एकै दिन नवलपुरमा छुट्टाछुट्टै भेला गरेका छन् ।
 
नेकपाको ओलीसमूहले कावासोतीमा र प्रचण्ड–नेपालसमूहले मध्यबिन्दु नगरपालिका ७ चोरमारामा भेला आयोजना गरेका हुन् ।
 
नवलपरासीपूर्व कावासोतीस्थित सितारा रिसोर्टमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा बोल्दै नेकपा ओली समूहका स्थायी समिति सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी चिरा परेको मेसो नपाएको बताए ।
 
आफ्नै पार्टीका नेता तथा सांसदहरु पार्टी फुटाउने योजनाका साथ सरकारको विरोधमा उत्रिएको उनको भनाइ थियो ।
नेकपा अध्यक्ष प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो नपाएको उनको तर्क थियो । 
आफ्नै पार्टीका नेता र सांसदहरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र स्थापित गर्न छाडेर सरकारको विरोध गर्ने काम मात्रै गरेको मन्त्री रायमाझीले आरोप लगाए ।
 
यस्तै, ओली समूहको भेलामा नेकपा ओली समूहका गण्डकी प्रदेश सहइन्चार्ज एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसद विघटनको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउनु नै संसद विघटनको प्रक्रिया संवैधानिक कदम भएको उल्लेख गरे ।
 
ओली समूहको भेला कावासोतीमा चलिरहँदा आज नै नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ७ चोरमारामा नेकपा प्रचण्ड–नेपाल समूहले पनि छुट्टै अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए ।
 
प्रचण्ड नेपाल समूहको जनवर्गीय संगठनहरुको भेलामा युवा नेता ठाकुर गैरेसहित जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ४६ बजे

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई