यस्ता छन् कुकुरसम्बन्धि केही रोचक तथ्य | Khabarhub Khabarhub

यस्ता छन् कुकुरसम्बन्धि केही रोचक तथ्य


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । पाणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेडस् मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् ।

‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः

ब्वाँसोको टाढाको वंशजः कुकर ब्वाँसाको वंशज पनि हो । तर उक्त वंशज हजारौं साल पहिले लोप भएको थियो । अमेरिका र युरोपमा अहिले पनि ब्वाँसो पाइने गर्छ । ऊ कुकुरको दोस्रो छिमेकी हो । यी ब्वाँसाको डीएनएमा कुकुरको डीएनएन ९९ प्रतिशत मेल खान्छ ।

जात फरक भएर पनि समानताः कुकुरका कैयन् आकार र जात छन् । यति प्रजाति त अरु जंगली जनावर या पाल्तु जनावरका पनि छैनन् ।

तर, कुकुरको शारीरिक विविधताको पनि एउटा सीमा छ । सबैभन्दा छोटो आकारको चिवावादेखि लिएर ठूलो कुकुर ग्रेट डेनको शारीरिक संरचना उस्तै हुन्छ । जस्तो कि, उनका पुर्खा ब्वाँसोको थियो ।

कुकुरको सुँघ्ने क्षमता किन तेज हुन्छ ?

कुकुरको कमालको सुँघ्ने क्षमता हुन्छ । जेकबसन या वोमेरोनेजल नामको अंगका कारण उसले सुँघ्न सक्छ । यो कुकुरको नाक र मुखको माथिल्लो भागमा हुने गर्छ ।

वैज्ञानिकले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् कि यो अंग किन हुन्छ? तर बिरालो र अन्य जनावरमाथिको अध्ययनले के बताउँछ भने शायद यो क्षमता कुकुरसँग यसकारण हुन्छ कि, अरु कुकुरले छोडेको संकेतलाई पहिचान गर्न सकून् ।

कुकुरले देख्छ कस्तो ?

कहिलेकाहीँ तपाईंलाई लाग्न सक्छ कि, कुकुरले कस्तो देख्छरु कुकुरले हरियो, पहेँलो, र नीलो रंग त पत्ता लगाउन सक्छ तर कुकुरले रातो रंग भने पहिचान गर्न सक्दैन । यो रंगलाई कुकुरले फरक देख्ने गर्छ ।

कुकुर मुस्कुराउँछ

कुकुर मुस्कुराउँछ पनि । हामी जसरी मुस्कुराउँछौँ, त्यसरी नमुस्कुराए पनि जोन ब्रेडसका अनुसार कुकुर आफ्नो मालिकसँग थोरै माया पाउनका लागि मुस्कुराउने गर्छ । कुकुरले आफू खुशी छु भनेर देखाउनलाई पनि मुस्कुराउने अध्ययनबाट देखिएको छ ।

कुकुरलाई कुनै पछुतो हुँदैन

कुकुरलाई यो कुराको फिलिङस् हुँदैन कि, आफूले केही गलत गरेँ । तर धेरैलाई के लाग्छ भने कुकुरले आफ्नो गल्तीलाई फिल पनि गर्न सक्छ ।

कतिलाई त लाग्छ कि, कुकुरले गिल्टी फिल पनि गर्छ । तरु विज्ञानका अनुुसार कुकुरले उक्त समय शारीरिक हाउभाउका कारण प्रतिक्रिया दिन्छ तर उसलाई फिलिङस हुँदैन ।

अपरोध बोध खासमा एउटा भावना हुन्छ, जुन कुकुरले सम्झिन सक्दैन । ऊ गिल्टी फिलमा हुनुको कारण चाहिँ आफूलाई सजाय मिल्छ कि भन्ने भयले गर्दा त्यस्तो हाउभाउ बनाउँछ ।

सहारा चाहिएको हुन्छ

मान्छेसँग भावनात्मक सम्बन्धः निकै धेरै स्तनधारी जीव, प्रेम, डर, बेचैनी र खुशीजस्ता कुराको महसूस गर्न सक्छन् ।

अझ कुकुरले त मान्छेका लागि अरु पनि भावनात्मक प्रतिक्रिया दिने गर्छन् । धेरैलाई लाग्ने गर्छ कि, कुकुरले सबैलाई माया गर्छन् । तर, वैज्ञानिकका अनुसार कुकुरको व्यवहार यसले कति माया गर्छ भन्नेसँग निर्भर हुन्छ ।

एमरी युनिभर्सिटीका प्रोफेसर प्रेगरी बन्र्सले कुकुरलाई एमआरआईका दौरान स्थिर खडा हुनका लागि तालीम दिए । यो बुझ्नका लागि कि, मालिकलाई देख्दा कुकुरले दिमागमा कस्तो प्रतिक्रिया देखाउँछ । त्यतिबेला बुझियो, कुकुरले मान्छेको बोडी ल्याङ्ग्वेज चिम्पान्जीले भन्दा बढी बुझिरहेको हुन्छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १२ : ०८ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश