स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एकजना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एकजना पक्राउ


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिलाई प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको हो ।

सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले दिएको जानकारी अुनसार यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद गरिएको हो ।

पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : १६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न