शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका | Khabarhub Khabarhub

शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् ।

महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ । हामी अरू कुराहरूलाई राम्रोसँग सम्हाल्न सक्षम भएका छौं, त्यसैले यो भाइरसलाई पनि नियन्त्रणमा राख्नको लागि हामीले आफ्नो शरीरमा पर्याप्त मात्रामा आवश्यक रोग(प्रतिरोधकहरू- एन्टीबडी) उत्पादन गर्नुपर्ने हुन्छ, जसको लागि हामीले केही चीजहरू गर्न सक्छौँ । यो कोरोना भाइरसको औषधि होइन, तर यदि तपाईंले यी सरल चीजहरूको अभ्यास गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि ६ देखि ८ हप्ताको अवधिमा तपाईंको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने क्षमता) कम्तीमा पनि केही प्रतिशतले बढ्नेछ । आफूलाई र आफू वरपरका मानिसहरूलाई कुनै विपत्ति नपुऱ्याइकन अहिलेको परिस्थितिलाई सहजै पार गर्नको निम्ति अहिले सबैभन्दा आवश्यक कुरा भनेको नै रोगसँग लड्ने क्षमतालाई एकदमै बलियो बनाउनु हो ।

१: नीम र बेसार

हिमाली क्षेत्रबाहेक अरू ठाउँमा नीमको पात जताततै पाइन्छ अनि बेसार त सबैतिर यसैपनि उपलब्ध छ । अहिले मानिसहरूले एक प्रकारको बेसार बनाउँदै छन्, जसलाई सूक्ष्म बेसार भनिन्छ, जसलाई हाम्रो शरीरले सामान्य बेसारको तुलनामा निकै राम्रोसँग सोस्न सक्दछ ।

तपाईंले दिनहुँ यो सरल कार्य गर्न सक्नुहुन्छः ८-१० वटा नीमको पात र थोरै बेसार मनतातो पानीमा मिसाएर दैनिक पिउनुहोस् । यदि तपाईंले खाली पेटमा यो पिउनुभयो भने, शरीरबाहिर रहेका जीवहरूसँग लड्ने क्षमतामा उल्लेखनीय वृद्धि हुन्छ । यसले तुरुन्तै काम गरिहाल्छ भन्ने होइन, तर तपाईंले निरन्तर सेवन गर्नुभयो भने, ३ देखि ६ हप्तामा केही भिन्नता पाउन सकिन्छ । यो एकदमै सरल प्रक्रिया हो, जसलाई सबैले आ-आफ्नो घरमा शुरू गर्न सकिन्छ । दक्षिणी भारतका प्रायः घरहरूमा यो अभ्यास पहिल्यै देखि नै चलिआएको छ । हामीले यसलाई सबैतिर भित्र्याउनु पर्छ ।

२: च्यवनप्राश र काँचो आँप

जीव लेगियम वा च्यवनप्राश जस्ता परम्परागत औषधीहरू छन्, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यदि तपाईंको घरमा ६० वर्षभन्दा माथिका वृद्ध व्यक्तिहरू हुनुहुन्छ भने, उहाँहरूलाई च्यवनप्राश खुवाउन शुरू गर्दा राम्रो हुन्छ । यो मौसममा काँचो आँप पाउन थालिन्छ । आँप पाकुन्जेल नपर्खिनुहोस्, बरु काँचै आँप खानुहोस् । यो कोरोना भाइरसको रोकथाम होइन, तर यसले प्रतिरोधक (रोगसँग लड्ने) क्षमतालाई केही हदसम्म बढाउँछ ।

३: मह-मरिच-अमला

अघिल्लो रात अमला र केही दाना मरिच (हलुकासँग कुटेर) महमा भिजाउनुहोस् । यसलाई दिनमा तीन पटक ३-३ चम्चा जति लिनुहोस् । यदि तपाईंले बिहान खाली पेटमा पहिला यो खानुभयो भने, यसले उत्कृष्ट ढङ्गले काम गर्दछ । यदि तपाईंले यसो गर्नुभयो भने, ४ देखि ८ हप्तामा तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीमा उल्लेखनीय सुधार देख्न सक्नुहुन्छ ।

४: बेलको पात

यदि तपाईंले हरेक दिन बिहान ३-५ वटा बेलका पातहरू खानुभयो भने, यसले पनि तपाईंको प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउँछ ।

५: पर्याप्त शारीरिक गतिविधि

अहिले मानिसहरू घरमा छन् । यदि उनीहरू यत्तिकै बसिरहेका छन्, अनि दिनैभरि केही न केही खाइरहेका हुन्छन् वा मदिरा सेवन गरिरहेका छन् भने, उनीहरू आफूलाई अझ बढी जोखिमपूर्ण बनाउँदै छन् । तपाईंले गर्न सक्ने एउटा साधारण कुरा भनेको आफूलाई शारीरिक रूपमा सक्रिय राख्नु हो । आफूलाई स्वस्थ र तन्दुरुस्त बनाउनको लागि यी हप्ताहरूको सदुपयोग गर्ने उपयुक्त समय यही हो । यदि तपाईंले केही पनि जान्नुभएको छैन भने, कम्तीमा पनि प्रत्येक दिन विभिन्न समयहरूमा— सायद एक पटकमा पन्ध्र मिनेट, दिनमा ५ देखि ६ पटक— एकै ठाउँमा उफ्रिनुहोस् (जगिङ्ग गर्नुहोस्) । यसो गर्नाले हाम्रो शरीर विभिन्न कुराहरूलाई राम्रोसँग सम्हाल्नको निम्ति सक्षम बन्दछ ।

६: उष्ण उत्पन्न गर्नको निम्ति मन्त्रोच्चारण

“योग योग योगेश्वराय” मन्त्रको उच्चारण गर्नाले हाम्रो प्रणालीमा “समत् प्राण” वा उष्ण उत्पन्न हुन्छ । परम्परागत चिकित्सामा “उष्ण” र “शीत” भनेर प्रयोग गरिन्छ, जसलाई सामान्यतया “तातो” र “चिसो” भनेर बुझिन्छ, तर यसको ठ्याक्कै अर्थ त्यो होइन । यसले त्यसतर्फ सङ्केत गर्दछ, तर यसको अर्थ त्यो होइन । यदि तपाईंले पर्याप्त समत् प्राण उत्पन्न गर्नुभयो र प्रणालीमा उष्ण सृजना गर्नुभयो भने, तपाईंको प्रतिरक्षा प्रणालीले एकदमै राम्रोसँग काम गर्नेछ । यो मन्त्रले प्रतिरक्षा प्रणालीमा विशेष मात्रामा शक्ति सृजना गर्छ, किनकि यसले ताप (तपस) उत्पन्न गर्दछ ।

कृपया, यो कुरा सबैमा एकदमै प्रष्ट होस् कि यो कोरोना भाइरसको उपचार होइन, न त रोकथाम नै हो । “मैले आज मन्त्रोच्चारण गरें, त्यसैले म बाहिर गएर गैर-जिम्मेवारपूर्ण कामहरू गर्न सक्छु” भनेर नसोच्नु होला, किनकि यसले त्यसरी काम गर्दैन । यी यस्ता प्रक्रियाहरू हुन्, जुन आफ्नो प्रणालीलाई अझ बलियो बनाउनको निम्ति केही समयसम्म गर्नुपर्ने हुन्छ, जसले गर्दा यदि अर्को भाइरस आयो भने, तपाईं त्यसलाई राम्रोसँग सम्हाल्न सक्नुहनेछ ।

७: आफूलाई आनन्दित राख्नुहोस्

मानसिक तनावले निश्चय नै तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । पूर्ण रूपमा उत्साहित, आनन्दित र प्रफुल्ल रहनु पनि आफ्नो प्रतिरक्षा प्रणाली र शरीरलाई राम्रोसँग काम गर्ने बनाउने एउटा सरल तरिका हो ।

आनन्दित, समझदार र जिम्मेवार मानिसले जस्तोसुकै परिस्थिहरूलाई पनि सधैँ गम्भीर रहिरहने व्यक्तिको तुलनामा निकै राम्रो तरिकाले सामना गर्न सक्दछ । विशेषगरी यदि तपाईं आत्तिनुभयो भने, तपाईं शिथिल र कमजोर बन्नुहुन्छ । त्यसैले, यो एकदमै महत्त्वपूर्ण छ कि तपाईंका सबै सङ्कायहरू उपयुक्त स्थितिमा हुनुपर्छ— अर्थात्, तपाईंको शरीर र दिमागले जुन रूपमा काम गर्नुपर्ने हो, त्यसैअनुसार काम गरिरहेको हुनुपर्छ ।

८: “ईशा क्रिया” ध्यानको अभ्यास

हामीले एउटा आधारभूत गल्ती गरेका छौँ, र त्यो के हो भने हामीलाई “म” के हो अनि “मेरो” के हो भन्नेबारे भिन्नता नै थाहा छैन । म जे-जति सङ्ग्रह (जम्मा) गर्छु त्यो “मेरो” हुन सक्छ— यतिखेर हामी त्यसमा विवाद गरिरहेका छैनौँ— तर, त्यो कहिल्यै “म” हुन सक्दैन । यदि मैले यो कपडाको टुक्रालाई म भनेँ भने, तब अवश्य नै मैले आफ्नो सन्तुलन गुमाएको हुनेछु, होइन र ? त्यसैगरी, यदि तपाईंले यो शरीर र मन नै म हुँ भन्नुभयो भने, तब तपाईंमा केही समस्या छ भन्ने बुझिन्छ । शरीर र मन, तपाईंले बाहिरबाट सङ्ग्रह गर्नुभएको हो ।

भलै, यसले तपाईंको जीवनमा दैनिक रूपमा उथलपुथल मच्च्याइ रहेको भए तापनि, यस प्रकारको सङ्कटको क्षणमा, यो सशक्त रूपमा प्रस्तुत हुन सक्छ । यसको लागि हामीसँग एउटा सरल समाधान छ: ईशा क्रिया ध्यान— तपाईं जे हो र जे होइन, त्यसलाई छुट्याउने एउटा सरल तरिका । यो सबैका निम्ति निःशुल्क उपलब्ध छ, जसको उपयोग गर्न सक्नुहुन्छ । यदि तपाईंले आफूमा ‘म के हुँ’ र ‘म के होइन’ भन्नेबारे यतिसम्म सचेतना ल्याउनुभयो भने, यस प्रकारको चुनौतीपूर्ण समयहरूबाट सहजै अघि बढ्न निकै सजिलो हुनेछ । – न्युज कारखानाबाट ।

 

 

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ५ : ४५ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन