मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले राजधानीको कीर्तिपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–७ घर भई हाल नारायणटार बस्ने सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका–२ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

हानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार कीर्तिपुरमा एक घर अगाडी पार्किङ्ग गरी राखेको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरेर भाग्दै गर्दा उनिहरुलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको हो ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, किर्तिपुरमा बुझाएको महाशाखा प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६