एमाले केन्द्रीय कमिटी बैठक आज, महाधिवेशनको तयारीबारे छलफल हुने | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज, महाधिवेशनको तयारीबारे छलफल हुने


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पार्टी एकताको प्रयासमा नेपाल पक्षको आग्रहमा आइतबार स्थगित बैठक आज अपराह्न ३ बजे डाकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए । स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उनले जनाए ।

तथापि बैठकमा पार्टीको १०औँ महाधिवेशन केन्द्रीत गतिविध तथा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमा छलफल हुनेछ ।

विधान मस्यौदा प्रस्ताव पारित गर्दै साउन २७ भित्र सबै कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाउने एमालेको तयारी छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ४० बजे

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा