ओमानमा कोरोना संक्रमण बढेपछि समयमै खोप लगाउन नेपालीलाई अनुरोध | Khabarhub Khabarhub

ओमानमा कोरोना संक्रमण बढेपछि समयमै खोप लगाउन नेपालीलाई अनुरोध


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टहरू देखा परेसँगै संक्रमण तीव्र रुपमा फैलिन थालेको छ ।

संक्रमण दर ह्वात्तै बढेसँगै ओमानस्थित नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारको निर्णयहरू पूर्ण रुपमा पालना गर्न अपिल गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि ओमानको सर्वोच्च समितिले ३१ जुलाईसम्मका लागि रात्रिकालीन लकडाउन लगाएको छ । आउँदो १६ जुलाईदेखि ३१ जुलाईसम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म लकडाउन हुने दूतावासले जनाएको छ ।

साथै,ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकाले त्यहाँ कार्यरत नेपालीहरूलाई आ-आफ्नो कम्पनी/स्पोन्सरमार्फत खोप लगाउन समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

यस्तै महामारीकै बीचमा पनि ओमानले नेपालीको प्रवेश खुला नै राखेको छ । ओमान प्रवेश गर्ने यात्रुहरुले अनिवार्य रूपमा सात दिन क्वरेण्टिनमा बस्नुपर्छ ।

ओमान सरकारले जारी गरेको तारासुद एपमार्फत आफ्नो विवरण भरी ओमान विमानस्थलमा अवतरण गर्नासाथ पीसीआर पनि परीक्षण गर्नुपर्ने व्यवस्था रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कुनै समस्या परेमा या जानकारी चाहिएमा २४६९६१७७ वा २४६९६८८३ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  २ : २६ बजे

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न