कार दुर्घटनामा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईंको मृत्यु | Khabarhub Khabarhub

कार दुर्घटनामा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईंको मृत्यु


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा प्रसाईको मृत्यु भएको हो ।

झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो । तर, अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : ५४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या