रौतहटमा दुई समूहबीच झडप, आठ जना घाइते | Khabarhub Khabarhub

रौतहटमा दुई समूहबीच झडप, आठ जना घाइते


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रौतहटमा चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । गएराति भएको झडपमा आठ जना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा समेत आगजनी भएको छ ।

झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन्। घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो ।

विवादका क्रममा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

उक्त स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६