काठमाडौँको ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ | Khabarhub Khabarhub

काठमाडौँको ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ठमेलस्थित एक होटलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार राति करिब १० बजे ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिआयोलङसहित पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँ जुवातास खेल्न प्रयोग गरेको बिद्युतिय टेबल, जुवातास खेल्न प्रयोग हुने चाइनिज भाषा माजुङ भनिने प्लाष्टिकको गोटी, तास लगायत सामान समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : २२ बजे

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको