केन्द्रले नसके प्रदेशलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको माग | Khabarhub Khabarhub

केन्द्रले नसके प्रदेशलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको माग


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि अनुमति दिन संघीय सरकारसँग आग्रह गरेको छ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोप खरिदका लागि अनुमति दिन केन्द्र सरकारलाई आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मन्त्री राईले खोप खरिदका लागि अनुमति दिए तत्काल प्रक्रिया अघि बढाउने बताइन् । उनले भनिन्, ‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिनुहोस् ।’

प्रदेश १ का दुर्गम स्थानमा कोरोना संक्रमण फैलिंदै गएकाले नियन्त्रणमा प्रदेश सरकार लागेको भन्दै उनले खोप नहुँदा काम गर्न ढिलो भएको बताइन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका