१ हजार ६८७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

१ हजार ६८७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६८७ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३१२ कोरोना संक्रमितको आईसीयूमा र ३७५ को भेन्टिलेटरमा गरी कुल १ हजार ६८७ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २०२ जना आईसीयूमा र ४९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६७ आईसीयूमा र १८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७२४ जना आईसीयूमा र २४७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३८ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६