एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध  | Khabarhub Khabarhub

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार बसेको बैठकको सुरुमै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफूहरुले उठाएको मागमा सरकारले कुनै जवाफ नदिएको र मन्त्री थापाको विषयमा पनि कुनै निर्णय नभएकाले बैठकको कामकारवाही अघि बढ्न नसक्ने बताएका थिए ।

उनले थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै जेठ ३० गतेसम्म सदनमा आउन नदिने प्रस्ताव आफूहरुले स्वीकार गरे पनि लिखित सहमति सरकारले गर्न नचाहेको आरोप लगाए ।

उनले सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरे पनि त्यसबाट सरकार भागेको उल्लेख गरे । त्यस्तै उनले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको टिप्पणी पनि गरे । सबै दोष एमालेलाई देखाएर सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको उनको आरोप छ ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले उठेर विरोध जनाएपछि बुधबार पनि बैठक स्थगित भएको हो ।

यसअघि सोमबार र मंगलबार पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०१ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको