राजदूत भण्डारी र कुवेतका विदेश सहायक मन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

राजदूत भण्डारी र कुवेतका विदेश सहायक मन्त्रीबीच भेटवार्ता


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले र कुवेतका सहायक विदेशमन्त्री माज्दी अहमद इब्राहिम अल–धाफिरीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार कुवेतको परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरु बीच नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा कुराकानी भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त अवसरमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, कुवेत र नेपालमा संक्रमणको हालको अवस्थालगायत संक्रमण रोकथाम तथा उपचारको क्षेत्रमा दुई देशबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

नेपाली कामदारहरूले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर तथा यस क्षेत्रमा पुर्‍याएको योगदान, रोजगारीको सुरक्षा र हालको अवस्थालगायत थप अवसरहरूमा नेपालीहरूको संलग्नता अभिवृद्धि गर्दै लाने विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ ।

साथै, कोभिड-१९ को संक्रमणको अवस्थालाई मध्येनजर गर्दै दुई देशबीचको आवतजावतलाई थप सहज बनाउँदै लैजाने विषयमा पनि कुराकानी भएको थियो । भेटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासका अन्य अधिकारीको पनि सहभागिता थियो ।

गत महिना मात्र नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तीव्र भएपछि नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको अभावलाई लिएर सहयोग जुटाउन कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष डा. हिलाल अल सयेरसंग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  २ : १४ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार