बाबुछोरासँग रोमान्स गर्ने यी अभिनेत्री | Khabarhub Khabarhub

बाबुछोरासँग रोमान्स गर्ने यी अभिनेत्री


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडका अभिनेत्रीहरु आफ्नो करियरमा कैयौं अलग–अलग भूमिकामा देखिन्छन् । यीमध्ये केही यस्ता पनि छन् जसले आफ्नो करियरमा बाबुछोरासँग रोमान्सको अवसर पाएका छन् ।

बलिउडकी ‘ड्रीम गर्ल’ हेमा मालिनले ‘शोमेन’ राज कपूरसँग फिल्म ‘सपनों के सौदागर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म सन् १९६८ मा रिलिज भएको थियो ।

हेमा–रणधीरको जोडी हिट भयो । त्यसपछि दुवैले ‘सेन्सर’, ‘नसीब’, ‘चाचा–भतीजा’ र ‘गिनी एण्ड जोनी’मा देखिए । हेमाले राजको छोरा रणधीरसँग फिल्म ‘हाथ की सफाई’मा अनस्क्रिन रोमान्स गरिन् ।

फिल्म ‘बोबी’ रिलिजको वर्षौपछि कमव्याक गरेकी अभिनेत्री डिम्पल कपाडियाले अभिनेता सनी देओलका साथ फिल्म ‘मञ्जिल– मञ्जिल’, ‘नरसिम्हा’, ‘गुनाह’, ‘आग का गोला’ मा अभिनय गरिन् । फिल्म ‘मञ्जिल–मञ्जिल’को सुटिङको समयमा दुवै अफेयरमा थिए ।

यसको केही वर्षपछि डिम्पल सनीका पिता धर्मेन्द्रसँग सन् १९९१ मा फिल्म ‘दुश्मन देवता’मा अभिनय गरिन् । यो फिल्ममा धर्मेन्द्र र डिम्पलको एक चुम्बन दृश्य पनि थियो । समाचारअनुसार छोरा सनीसँग डिम्पल डेटमा रहेको कुरामा धर्मेन्द्र अनविज्ञ थिए ।

अभिनेत्री रानी मुखर्जीले सन् २००१ मा अभिषेक बच्चनसँग फिल्म ‘बस इतना सा ख्वाब है’मा देखिइन् । यो फिल्मको लोकप्रियतापछि उनीहरुले ‘युवा’, ‘बन्टी और बबली’, ‘कभी अलविदा ना कहना’ र ‘लागा चुनरी में दाग’ जस्ता फिल्ममा अभिनय गरे । रिलमा जस्तै रियलमा पनि उनीहरु जोडी बनिसकेका थिए । तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन ।

अभिषेकसँग सम्बन्धमा रहिरहँदा रानीले अमिताभ बच्चनसँग सन् २००५ मा फिल्म ‘ब्ल्याक’मा अभिनय गरिन् । फिल्ममा रानी र अमिताभको एक चुम्बन दृश्य पनि थियो । यी दृश्यका कारण नै अमिताभकी श्रीमति जया बच्चन रानीसँग रिसाएकी थिइन् ।

प्रख्यात अभिनेत्री श्रीदेवीले दक्षिण भारतीय फिल्मबाट आफ्नो करियर सुरु गरेकी थिइन् । दक्षिण भारतीय फिल्ममा उनले कैयौं चर्चित अभिनेतासँग अभिनय गरिन् । जसमध्ये अक्किनेनी नागेस्वर राव एक थिए ।

श्रीदेवीले अक्किनेनीसँग फिल्म ‘प्रेमअभिषेकन’मा काम गरिन् । त्यसपछि सन् १९९२ मा अक्किनेनीका छोरा नागार्जुनसँग ‘खुदा गवाह’मा देखिइन् । यसपछि उनले ‘गोविन्दा–गोविन्दा’ सहित तीन फिल्ममा नागार्जुनसँग रोमान्स गरिन् ।

आफ्नो पुस्ताको सफल अभिनेत्री रहेकी रिना रोयले प्रख्यात अभिनेता सुनील दत्तसँग ‘मुकाबला’, ‘बदले की आग’, ‘राज तिलक’,‘ नागिन’ र ‘दर्द का रिश्ता’ जस्ता राम्रा फिल्ममा अभिनय गरिन् । यसपछि उनले सुनीलका छोरा सञ्जयसँग सञ्जयको डेब्यू फिल्म ‘रकी’मा अभिनय गरिन् ।

बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित एक समय प्रख्यात अभिनेता विनोद खन्नासँग फिल्म ‘दयावान’मा अभिनय गरिन् । यो फिल्ममा दुवैको निकै बोल्ड दृश्इ थियो ।

यो फिल्म रिलिजको नौ वर्षपछि माधुरी विनोदका छोरा अक्षयसँग सन् १९९७ मा फिल्म ‘मोहब्बत’मा अभिनय गरिन् । फिल्ममा दुवैको रोमान्टिक क्यामेष्ट्री मिलेको थियो ।

सन् ८०–९० को दशककी प्रख्यात अभिनेत्री जया प्रदाले बलिउडका ‘हीमेन’ धर्मेन्द्रसँग ‘ऐलान–ए–जंग’, ‘कानून की जञ्जीर’, ‘इन्साफ कौन करेगा’, ‘शेरखान’, ‘कभी तो मोहब्बत’ जस्ता फिल्ममा अभिनय गरिन् । धर्मेन्द्रपछि उनले धर्मेन्द्र पुत्र सनीसँग ‘वीरता’, ‘जबरदस्त’ र ‘मैं तेरा दुश्मन’ जस्ता फिल्ममा अभिनय गरिन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : ५० बजे

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज