सि चिन फिङका ऐतिहासिक गल्ती « Khabarhub
Logo
५ असार २०७८, शनिबार

सि चिन फिङका ऐतिहासिक गल्ती



गत महीना अमेरिकी अभिनेता जोन सेनाले सार्वजनिक रूपमा क्षमायाचना गरे । क्षमायाचना गर्नुको कारण थियो उनले आफ्नो पछिल्लो चलचित्रको प्रवद्र्धन गर्ने सिलसिलामा दिएको एक अन्तर्वार्ताका क्रममा ताइवानलाई ‘देश’ भनेर सम्बोधन गर्नु थियो । यद्यपि उनले मिडिया बजारका लागि बुझाउन त्यतो भनेका थिए । अन्तर्राष्ट्रिय कानूनका हिसाबमा नै ताइवनलाई छुट्टै देशका रूपमा सम्बोधन गर्न उनले त्यतो भनेका थिएनन् । चीन सरकार ताइवानलाई फरक देशका रूपमा सम्बोधन गरेको रुचाउँदैन ।

हामी यो प्रकरणबाट के खोजिरहेका छौँ ? स्पष्टरूपमा भूमण्डलीकरण गलत दिशामा गइरहेको छ । चीन सरकारले देशभित्र अभिव्यक्ति स्वतन्त्रता जुन रूपमा कुण्ठित गरिरहेको छ, त्यो अब विस्तारै बाह्य देशमा पनि लागू हुन थालेको छ । मेरै दैनिक अनुभवमा पछिल्लो समय मानिसहरू चीनका विषयमा लुप्त, दुराग्रह र लाक्षणिक हिसाबमा सचेतता पूर्वक बोल्छन् ।

म पनि त्यसै गर्छु । म संक्षेपमा के भन्न सक्छु भने आजसम्म कुनै पनि साम्राज्यले एक पटकमा पाँचभन्दा अधिक राम्रो सम्राट पाएको छैन । एउटा समाजका लागि महत्वपूर्ण कुरा भनेको सोह्रौँ शताब्दीका चिनियाँ अधिकारी हाई रुई, चिनियाँ कम्युनिष्ट युगको प्रारम्भिक समयका सैन्य नेता पेङ देहुआई र आर्थिक सुधारक तेङ सियाओपिङ जस्ता राम्रा आलोचकको स्थान समाजमा हुनुपर्छ । ताइवान सम्बन्धी शब्दावलीका विषयमा म खुलेर केही कुरा बोल्न चहान्छु ।

मेरो विचारमा, ताइवान एक स्वायत्त देश रहनुमा चीनको भलाइ हुन्छ । यस्तो हुँदा कम्युनिष्ट चीनमा भन्दा फरक प्रकारको संस्था र शासन त्यहाँ रहन सक्छ जसले चीन सरकारकै स्वार्थसिद्ध गर्न सहयोग पुग्छ । हङकङका सवालमा पनि त्यहाँ अर्कै प्रकारको व्यवस्था हुनु त्यो चीनका लागि फाइदा जनक हुन्छ । बेइजिङस्थित चिनियाँ सरकारले क्षेत्रीय स्वयत्तताको पहिचान गर्न आवश्यक हुन्छ । विशेष गरी हान समुदायका जनसंख्याले चीनको दीर्घकालीन स्वार्थ पुरा गर्न सहयोग नै पुग्नेछ ।

नरसंहारको इतिहास, जातीय सफाया र बलपूर्वक हान समुदायसँग मिश्रण हुन दिइने दबाबका कारण आगामी पुस्तामाझ चीनले गम्भीर समस्या व्यर्होनुपर्ने अवस्था आउन सक्छ । मानव जातिले विविधतायुक्त जीवन यापनका विषयमा पछिल्लो समयमा धेरै ज्ञान हासिल गरेको छ । यस्तै क्षेत्रीय स्वायत्तता र विश्वबन्धुत्व अन्य व्यवस्थाभन्दा राम्रो रहेको मानिसको बुझाइ छ । एउटा व्यवस्था जसले विश्वलाई नै उज्ज्वल भविष्यतर्फ डोर्‍याउँदै छ, त्यो व्यवस्था यस्ता किसिमका व्यवहारमा चनाखो रहनुपर्छ ।

वर्तमान अवस्थाका विषयमा रणनीतिक हिसाबमा सि चिन फिङले सही निर्णय गरेका भए पनि उनको उमेर बढ्दै जाँदा सर्वसत्तावादी सङ्गठनलाई कसरी विकसित गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । उनको रणनीति आँसुमा समाप्त हुने सम्भावना पनि रहन्छ ।

यसका बाबजुद चीनका हालका सर्वोच्च नेता सि चिन फिङ सम्पूर्ण शक्ति बेइजिङमा केन्द्रीकृत गर्न चाहन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारका विषयमा उनका एक प्रकारको डर देखिन्छ । त्यसैले उनी चीनमा सांस्कृतिक क्रान्ति होइन सांस्कृतिक पुनर्जागरणका लागि इच्छिुक छन् । यसरी उनी समाता मुलक मूल्यमान्यताका आधारमा विश्वस्तरमा आफ्नो नेतृत्व स्थापना गर्न चाहान्छ ।

परिस्थितिलाई सही हिसाबमा पढ्न र अवस्था अनुसारको निर्देशन दिने विषयमा आफू सक्षम रहेकोमा उनी पूर्णरूपमा विश्वस्त छन् । उनको सबैभन्दा बढी चिन्ता आफ्नो निर्देशन पूर्णरूपमा पालना हुँदैन कि भन्नेमा छ । यो समस्या समाधानका लागि पनि उनी अतिरिक्त शक्ति आफूमा केन्द्रित गर्न चाहन्छन् ।

वर्तमान अवस्थाका विषयमा रणनीतिक हिसाबमा सि चिन फिङले सही निर्णय गरेका भए पनि उनको उमेर बढ्दै जाँदा सर्वसत्तावादी सङ्गठनलाई कसरी विकसित गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । उनको रणनीति आँसुमा समाप्त हुने सम्भावना पनि रहन्छ ।

क्षेत्रीय स्वायत्ततासँगै धेरै फाइदा पनि आउँछ भन्ने कुरा नबुझ्नु मुर्खता हुन्छ । यहाँ इतिहासलाई अर्कोतर्फबाट पनि हेरौँ । यदि चिनियाँ लिवरेशन आर्मीले सन् १९४९ मा नै ताइवान र हङकङलाई आफ्नो नियन्त्रणमा लिएको भए, सिचुवान प्रान्तलाई सन् १९७५ मा सुधार कार्यक्रम लागू गर्न नदिएको भए अवस्था के हुने थियो । यदि झाओ जियाङलाई प्रान्तीय सचिवका रूपमा चयन नगरिएको भए अवस्था के हुन्थ्यो ?

चीनमा केन्द्रीकरण यसरी बढेको थियो कि ग्वाङझाओ मिलिट्री डिस्ट्रिक्टले १९७६ मा ग्याङ अफ फोरका डरका कारण तेङ सियाओपिङलाई शरण दिन सक्ने अवस्था थिएन । यदि अवस्था त्यस्तो नै रहन्थ्यो भने चीनको आर्थिक अवस्था अहिले कस्तो हुन्थ्यो होला ?

भविष्यका लागि सम्भावित अगल अगल प्रणाली खोज्न चीन सक्षम छ । यसले गर्दा पनि वैश्विक नेतृत्व गर्न र आफ्नो भूमिकालाई योग्य सावित गर्ने उसँग प्रशस्त मौका हुनसक्छ । केन्द्रीकृत र सर्वसत्तावादी चीन जो एक नेतृत्वको वरिपरि घुम्छ त्यो चीनका लागि भने यो सम्भावना निकै कम हुनसक्छ ।

यो समग्रमा विश्लेषण गरिएको घटना हो । आर्थिक महाशक्ति हुने दौडमा तीव्रगतिमा अघि बढ्नुको सट्टामा चीन अहिले बर्मा अथवा पाकिस्तानसँग तुलना गर्नुपर्ने अवस्थामा हुने थियो । जब १९७६ मा माओ जेदुङको निधन भयो, चीनको कठोरपनमा केही सुधार आयो । ताइवान र हङकङका उद्यमी वर्ग र वित्तीय प्रणालीलाई आफूतर्फ खिचेर आफ्नै दुई खुट्टामा उभिन सफल भयो ।

यस्तै, झाओ जियाङको आर्थिक नीति सिचुवानमा लागू गरेर ग्वाङजाओ र सेङजेन प्रान्तलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गरेर चीनले आफ्नो अर्थतन्त्रमा निकै सुधार ल्यायो ।

भविष्यको कुनै मोडमा, चीनले व्यवस्था र सरकारको रणनीतिबीच एकलाई छनोट गर्नुपर्ने अवस्था आउँछ । सुरक्षित अनुमान लगाउन के सहज हुन्छ भने उमेरका हिसाबमा राजनीतिक भविष्य नभएका नेताबाट राम्रो नतिजा आउने सम्भावना कम रहन्छ । जति धेरै केन्द्रीकृत हुन्छ त्यति नै धेरै चीनलाई समस्या हुन्छ । तर, नीति र संस्थानहरूका विषयमा निर्णय लिँदा पर्यवेक्षकहरूको आम सहमतिका आधारमा लिइयो भने चीन भविष्यमा पनि सफल हुनसक्छ ।

भविष्यका लागि सम्भावित अगल अगल प्रणाली खोज्न चीन सक्षम छ । यसले गर्दा पनि वैश्विक नेतृत्व गर्न र आफ्नो भूमिकालाई योग्य सावित गर्ने उसँग प्रशस्त मौका हुनसक्छ । केन्द्रीकृत र सर्वसत्तावादी चीन जो एक नेतृत्वको वरिपरि घुम्छ त्यो चीनका लागि भने यो सम्भावना निकै कम हुनसक्छ ।

(जे. ब्राडफोर्ड डिलङ क्यालिर्फोनिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । न्याशनल ब्यूरो अफ इकोनोमिक्स रिसर्चमा कार्यरत उनी बिल क्लिटन प्रशासनमा सहायक वित्तमन्त्री समेत थिए । २ जुन २०२१ मा प्रोजेक्ट सिक्डिकेटमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0