के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने ? | Khabarhub Khabarhub

के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने ?


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ ।

महामृत्युन्जय मन्त्रको महत्व
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

किन जप्ने महामृत्युञ्जय मन्त्र ?
१. देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले यसको जपले जीवनका कैयौं समस्या, बाधा निवारण हुनुका साथै आयू वृद्धि हुने धार्मीक विश्वास छ ।
२. यस मन्त्रको जप गर्दा भगवान शिवसमेत प्रसन्न भएकाले कुडलीमा गम्भीर रोग, दुर्घटना वा अकाल मृत्युको योग भए सो समेत टर्ने विश्वास गरिन्छ ।
३. कसैको मनमा कुनै डर वा भय भएमा दैनिक १०८ पटक महामृत्युन्जय मन्त्रको जप गरेमा मन शान्त हुने र सबै डर निवारण हुने विश्वास गरिन्छ ।

कसरी जप्ने ?
१. यसकालागि दैनिक नुहाए पश्चात रुद्राक्ष मालामा १०८ पटक यस मन्त्रको जप गर्नुपर्ने मान्यता छ ।
२. महामृत्युन्जय मन्त्रको जप सोमवार वा प्रदोषका दिन गरेमा विशेष लाभ मिल्ने धार्मीक मान्यता छ ।
३. यो मन्त्र जप गर्दा रुद्राक्ष मालाद्धारा गरेमा बढि लाभ मिल्दछ । अन्यथा संख्याहीन जप गर्दा फल प्राप्त नहुने धार्मीक विश्वास छ ।
४. यो मन्त्र जप गर्दा शिवको प्रतिमा, तस्वीर, शिवलिंग वा महामृत्युन्जय यन्त्र सामुन्नेमा राख्नु पर्दछ ।
५. जप गर्दा हाइ काढ्न, आलस्य गर्न र मन डुलाउनु हुदैँन ।
६. मन्त्र जप गर्दा कसैसंग पनि कुरा गर्नु हुदैँन ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : २५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न