नेपाल–खनाल समूहद्वारा माग पूरा गर्न ओलीलाई सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम' | Khabarhub Khabarhub

नेपाल–खनाल समूहद्वारा माग पूरा गर्न ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

आइतबार अपराह्न सिंहदरबारमा बसेको नेपाल-खनाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

उक्त समयमा पनि आफूहरुको मागको सुनुवाइ नभए आफूहरु प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नसक्ने उनले संकेत गरे।

आफूहरुका दुईवटा माग पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्किने र सहमतिका साथ अघि बढ्ने अवस्थामा संसदमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्ने आफूहरु तयार रहेको उनले बताए।

उनले भने, ‘सांसदहरुलाई भोलि बिहान साढे नौ बजे संसद सचिवालयमा बोलाएका छौँ। त्यतिबेलासम्म हामी पर्खिन्छौँ। त्यसपछि निर्णय लिन्छौँ।’

बैठकले पार्टी एकतालाई जोगाउन र त्यसको रक्षा गर्ने दायित्व पार्टी अध्यक्षको भएको हुँदा यसलाई अध्यक्षले गम्भीरताका साथ पूरा गर्नुभएको छैन भन्ने निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी एकताका लागि गम्भिरताका साथ अगाडि बढ्न पार्टी अध्यक्षलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको उनले बताए ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा पार्टीको एउटा पक्षलाई वाञ्छित गर्ने खालका केही शब्दहरु समावेश भएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ३३ बजे

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री भन्छन् : निजी क्षेत्रलाई समेटेर देश विकासको नयाँ मोडेल बनाऊँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा