तनाव कम गर्न अपनाउनुपर्ने वास्तुका ४ टिप्स | Khabarhub Khabarhub

तनाव कम गर्न अपनाउनुपर्ने वास्तुका ४ टिप्स


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल तनाव र डिप्रेसनको समस्या वयस्कमा मात्र नभई बालबालिकामा समेत देखिन थालेको छ ।

परीक्षा वा नतीजाको तनाव र कार्यालयको काम वा सम्बन्धका समस्याका कारणले आउने तनावले डिप्रेसन हुन सक्छ । यस्ता समस्या बढ्दै गएपछि व्यक्तिको जीवनमा नकारात्मकता हावी हुदै जान्छ । यस्तोमा वास्तु दोष पनि कारण बन्ने गर्दछ ।

वास्तु शास्त्रका अनुसार घरको पश्चिमी दिशामा वास्तु दोषका कारण व्यक्ति तनाव वा डिप्रेशनको शिकार हुनसक्छ । यदि डिप्रेशनबाट बच्नु छ भने यस दिशा वास्तु अनुरूप हुन आवश्यक छ । वास्तु अनुसार पश्चिम दिशा लामो समय बिताउनु हुदैँन । साथै सुत्नु हुदैँन । त्यसैले यस दिशामा बेडरूम हुनुको सट्टा ट्वाइलेट, सीढि निर्माण हुनु पर्दछ । यस अलावा घरके ईशान कोणमा भारी वस्तु राख्नु हुदैन । साथै सफा र स्वच्छ हुनु पर्दछ । यस अलावा तनावबाट बच्न घरमा यी उपाय गर्नु पर्दछ ।

१. तनाव वा डिप्रेशनको शिकार भएका व्यक्ति कहिल्यै उत्तर वा पश्चिम दिशा सिर पारेर सुत्नु हुदैँन । यसो गर्दा तनाव बढ्दछ । साथै पूर्व वा दक्षिण दिशा सिर पारि सुत्नु पर्दछ ।

२. घरमा कहिल्यै टूटे फुटेको वा चर्केको चीज राख्नु हुदैँन । यस्ता सामान घरमा राखेमा सम्बन्धमा कलह बढ्ने गर्दछ र मानसिक तनावको सामना गर्नु पर्ने हुन सक्छ ।

३. यदि घरमा नकारात्मकताको आभास भयो वा हमेशा तनाव महशुस भयो वा घरमा कोहि सदस्य डिप्रेशनको शिकार छन् भने साँझमा अनिवार्य घरमा सुगन्धित अगरबत्ती बाल्ने गर्नु पर्दछ । अगरबत्तीले वातावरण सुगन्धित हुन्छ साथै मनमा शान्ति महशुस हुन्छ । र सकारात्मक उर्जा समेत बढ्ने गर्दछ ।

४. घरमा माकुराले लगाएको जालो र फोहोर पनि मानसिक तनावको कारण बन्न सक्छ । तसर्थ यस प्रकारको जालो हटाउनु पर्दछ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन