विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र | Khabarhub Khabarhub

विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र



बुटबल– लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै विपक्षी दलले आज प्रदेश प्रमुखको कार्यालयमा पत्र पेश गरेका छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखको कार्यालयका सचिबलाई विशेष अधिवेशनको माग सहितको पत्र बुझाएको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे लगत्तै ४ दलका सांसदले प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशनको माग राखेको उनले बताए ।

‘दर्ता नं. १३३ मा हामीले विशेष अधिवेशनको मागसहित पत्र दर्ता गरेका छौँ’, उनले भने, ‘पहिले प्रदेश प्रमुखलाई भेट्न अनुरोध गरेका थियौँ, उँहाले कोभिडको कारण देखाउँदै भेट्न मान्नुभएन । त्यसपछि प्रदेश प्रमुखको कार्यालयका सचिबलाई भेटेर विशेष अधिवेनशको माग राख्दै पत्र बुझाएका छौँ ।’

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता 

बजेट अधिवेशन आउँदै गर्दा जेठको पहिलो साता भित्र विशेष अधिवेशनको माग राख्दै पत्र बुझाएको उनले बताए । ‘अब यो विषय सदनमा गएर टुंगो लाग्छ,’ उनले भने, ‘प्रदेश प्रमुखले विशेष अधिवेशनको आह्वान गुर्नहुनेछ ।’

वैशाख ६ गते आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न उनीहरुले माग राखेका छन । मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्तावसहित प्रदेश प्रमुखलाई विशेष अधिवेशन आह्वानको माग राखेको जसपाका सचेतक सहसराम यादबले जानकारी दिए ।

आइतबार नै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोंडियाको नेतृत्वमा ४ दलले प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : २४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका