देउवालाई रामचन्द्रको प्रश्न : फेरि पनि 'जोखाना हेरेर' चान्स मिस गर्ने ? (भिडियोसहित) | Khabarhub Khabarhub

देउवालाई रामचन्द्रको प्रश्न : फेरि पनि ‘जोखाना हेरेर’ चान्स मिस गर्ने ? (भिडियोसहित)


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि पनि जोखाना हेरेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने अवसर गुम्न दिन नहुने बताएका छन् ।

नयाँ सरकार गठनको अवसर गुम्न सक्ने भन्दै पौडेलले सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरेका हुन् ।

यसअघि एमाले र माओवादी केन्द्र नबनेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर कांग्रेसले गुमाएको उल्लेख गर्दै अब पनि जोखाना मात्रै हेरेर बसे अवसर गुम्ने बताए ।

नेपाल निजामती कर्मचारी युनियनले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले चुनाव–चुनाव मात्रै भनेर नहुने बताउँदै पार्टी नेतृत्वले समयमै निर्णय लिन सक्नु पर्नेमा जोड दिए ।

‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं,’ पौडेलले भने, ‘जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन्, त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । जोखाना फेरि पनि हेरेर यो चान्स मिस गर्ने अनिपछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव, चुनाव यो सबैले भन्छन् ।’

हेरौँ भिडियो

संसदमा प्रतिपक्षी दलको भूमिकाको पनि लेखाजोखा हुने भन्दै पौडलले वर्तमान सरकारको विकल्प खोज्नु पर्नेमा जोड दिए ।

‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो की गरेन ?, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुने छ ।’ उनले भने, ‘यहाँ चुनाव–चुनाव मात्रै भनेर सुख पाइँदैन । हामीले निरंकुशता तिर बढिरहेको यो सत्ताको विकल्प खोजी गर्नुपर्छ ।’

विकल्पको लागि उदार बन्दै अरु पार्टीहरूसँग मिलेर सरकार बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्ने उनको भनाइ । पौडेलले पार्टीको अधिवेशन सम्पन्न नभइ चुनावमा हामफाल्न नहुने बताए ।

तर सोही कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने चुनावमा जान सक्ने अवस्था आउन सक्ने बताएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०