सम्राटको ‘लाल मोहनजी’मा विपिन | Khabarhub Khabarhub

सम्राटको ‘लाल मोहनजी’मा विपिन


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतीय अभिनेत्री सनी लियोनीलाई फिल्म ‘पासवर्ड’मा अभिनय गराएर चर्चामा आएका निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘लाल मोहनजी’ निर्देशन गर्ने भएका छन् ।

फिल्म ‘पासवर्ड’ रिलिजको दुई वर्षपछि द्वन्द्व निर्देशकसमेत रहेका सम्राटले ‘लाल मोहनजी’ निर्देशन गर्न लागेका हुन् ।

आररोसफी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचे अनुबन्धित भएका छन् ।

फिल्मका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । निर्देशक बस्नेतका अनुसार फिल्मका लागि अभिनेत्रीको खोजी भइरहेको छ ।

फिल्ममा प्रवेश पौडेलको कथा, आकाश बरालको पटकथा र संवाद, सन्तोष राजको संगीत, निरज कँडेलको छायांकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य र अर्जुन जिसीको सम्पादन छ ।

नेपाल, भारत, क्यानाडा र अष्ट्रेलियामा छायांकन हुने फिल्मको छायांकन जेठको पहिलो साताबाट फ्लोरमा जानेछ ।

आगामी तिहारमा रिलिज हुने फिल्मका प्रोडक्सन म्यानेजर दीपिल पन्त हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : १० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको