विश्व विख्यात फुटबलरका यी टर्निङ प्वाइन्ट | Khabarhub Khabarhub

विश्व विख्यात फुटबलरका यी टर्निङ प्वाइन्ट


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व फुटबका एक जना आदर्श क्रिस्टियानो रोनाल्डो, उनले ८ वर्षको उमेरमा एन्डोरिना नामक एम्योचर क्लबबाट फुटबल खेल्न शुरू गरेका थिए ।

तेज गतिमा खेल्ने, गोल गर्नमात्रै होइन पास मिलाउन र उत्कृष्ट फ्री कीकह्रू प्रहार गर्न खप्पिस रोनाल्डोको बुटले फुटबलमा हदैसम्मको उत्कृष्टता प्रदर्शन गरेको छ ।

उनको तुलना सन् ६० को दशकमा पोर्चुगलका चर्चित फुटबलर इयुसिवियोसँग पनि हुने गरेको छ । रोनाल्डोले भनेका छन्, ‘इयुसिवियोसँगको मेरो तुलना साँच्चिकै गर्व गर्न लायक र अविश्वसनीय छ ।’

मोजाम्बिकमा जन्मिएका इयुसिवियोले नै पोर्चुगललाई विश्व फुटबलमा परिचित गराएका थिए । सन् १९६६ को विश्वकपमा पोर्चुगललाई तेस्रो स्थान दिलाउने क्रममा उनले उत्तर कोरियाविरुद्ध क्वार्टर फाइनलमा एक्लै चार गोल गरेका थिए ।

इयुसिवियो पुस्ताको अन्त्यपछि एकै पटक सन् २००६ को विश्वकपमा पोर्चुगललाई तेस्रो स्थान दिलाउने क्रममा तत्कालीन कप्तान लुइस फिगो र रोनाल्डोकै प्रदर्शन मुख्य थियो ।

रोनाल्डोको जन्म ३६ वर्षअघि पोर्चुगलको सान्टा एन्टोनियोमा भएको हो । उनका बाबु कुक थिए, आमा माली ।

क्रिस्टियानोले एन्डोरिना नामक एम्योचर क्लबबाट आठ वर्षको उमेरमै फुटबल खेल्न शुरू गरे, जहाँ उनका बाबुले भर्खरै पियनको काम थालेका थिए । उनकी हजुरआमा अफ्रिकन थिइन् । बाबु मारिया डोलोरेस अमेरिकाका पूर्वराष्ट्रपति तथा अभिनेता रोनाल्ड रेगनका फ्यान थिए, त्यसैले उनले आफ्नो छोराको नाम नै रोनाल्डो राखे ।

मायालु अनुहारका रोनाल्डो अभिनेता नै बनुन् भन्ने चाहना बाबुको थियो । क्याथोलिक परिवार उनको आर्थिक अवस्था राम्रो थिएन । रोनाल्डोले सन् २००२ मा रिपोर्टिङ सिपिको सिनियर टिमबाट लिगमा डेब्यु गर्दै २ गोल गरे । मोरिइरेन्स विरुद्धको उक्त खेल स्पोर्टिङले ३–० ले जितेको थियो । त्यसै वर्षको अन्त्यमा आर्सनलका प्रशिक्षक आर्सेन विङ्गरले उनलाई लन्डनमा बोलाएका थिए ।

आर्सनलले उनलाई भित्र्याउन ढिलाइ गरिरहेको थियो । आर्सनलले ढिलाइको ठूलो मूल्य त्यति बेला चुकायो, जति बेला फर्गुसनले रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा भित्र्याए । युनाइटेडलाई स्पोर्टिङले ३–१ ले हराएको खेलमा रोनाल्डोले जादु देखाएका थिए । त्यसपछि रायन गिग्स, रियो फर्निडान्ड लगायतका युनाइटेडका प्रमुख खेलाडीहरूले रोनाल्डोलाई क्लब भित्र्यान फर्गुसनलाई सुझाव दिए ।

उनी जहाँ जन्मिए पनि विश्व फुटबलका धेरै पारखीहरू रोनाल्डो म्यानचेस्टरमा जन्मिएको ठान्छन् । नमिलेको कर्ली कपाल पालेका रोनाल्डो म्यानचेस्टर युनाइटेडको क्यारिङ्टन प्रशिक्षण केन्द्रमा झुलुक्क देखापर्दा उनको उमेर केवल १८ वर्षको थियो ।

म्यानचेस्टरको युवा टोलीलाई सन् २००० र २००१ मा प्रशिक्षण दिएका माइक क्लेग भन्छन्, ‘रोनाल्डोको महान् यात्रा त्यति बेलै शुरू भएको थियो । उनले आफ्नो योजना र लक्ष्य दिनदिनै सफल बनाउँदै लगे ।’ रोनाल्डो वर्ल्ड ट्राफोड भित्रनुअघि टोलीमा शून्यता देखिन्थ्यो ।

एलेक्स फर्गुसनले रोनाल्डोलाई स्टार खेलाडी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दुई मत छैन । बेकह्यामले फर्गुसनसँको विवादका कारण वर्ल्ड ट्रायफोर्ड छाडेपछि आफ्नो स्टारडम बेचे पनि स्वाभाविक खेल देखाउन सकेनन् ।

उही ठाउँमा रोनाल्डोलाई स्थान दिएर फर्गुसनले फुटबलको ठुलो ब्रान्ड बनाइदिए । क्लेग भन्छन्, ‘हरेक सिजन फर्गुसनले रोनाल्डोलाई गोल गर्ने जिम्मेवारी दिन्थे ।’ उनलाई सन् २००५ मा १० र सन् २००६ मा १५ गोल गर्ने जिम्मेवारी दिइएको थियो । रोनाल्डोले सन् २००६ को शुरूआतमा १२ तथा सन् २००७ को शुरूआतमा २३ गोल गरिसकेका थिए ।

सन् २००७–०८ को सिजन रोनाल्डो र फर्गुसन दुबैका लागि महत्त्वपूर्ण रह्यो । रोनाल्डोले ४२ गोलमात्रै गरेनन्, म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि समेत जिताए । त्यसै वर्ष उनले पहिलोपटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

त्यसको एक वर्षभित्रै रियाल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजले रोनाल्डोमाथि जर्बजस्ती आँखा लगाए । उनै फर्गुसन बेकह्यामलाई बेच्नुपर्दा जति हर्षित थिए, त्यति नै दुःखित रोनाल्डोलाई सन् २००९ मा उही क्लबमा बेच्दा देखिएका थिए । फर्गुसनको भनाइ थियो, ‘हामीले हिरा गुमायौँ ।’ रोनाल्डोका लागि रियाल म्याड्रिड जति पनि खर्चन तयार भयो ।

विश्व कीर्तिमानी मूल्यमा रोनाल्डोलाई सन् २००९ मा रियाल म्याड्रिडमा बेचेका फर्गुसनले त्यसपछि अर्को स्टार खेलाडी जन्माउन नपाउँदै प्रशिक्षणबाट सन्यास घोषणा गरे । रोनाल्डोले म्यानचेस्टरमा छँदै २९२ खेल खेल्दै ११८ गोल गरे ।

उनले त्यस क्रममा क्लबलाई ९ वटा उपाधि जिताए । यसपछि रोनाल्डोले लामो यात्रा तय गरे । जहाँ रहे पनि उनले एलेक्स फर्गुसनले नै उनलाई उत्कृष्ट बनाएको कुरा सबैले स्वीकार गर्ने गरेका छन् । फर्गुसनको प्रशिक्षण नै रोनाल्डोको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

त्यसो त संसारका दुई फुटबलर लियानेल मेसी र क्रिस्टियानो रोनाल्डो नै यस्ता हुन्, जो मानवभन्दा पनि माथि राखिन्छन् ।

रोनाल्डोभन्दा ठिक दुई वर्षपछि लियोनल मेसी जन्मिएका थिए । यी दुईको एउटा समानता के कुरामा रहेको छ भने दुवैले विश्वकप फुटबलको उपाधि जितेका छैनन् ।

प्रमुख फरक के छ भने रोनाल्डोले थुप्रै क्लब चहार्दा मेसीले जीवनको अधिक समय बार्र्सिलोनालाई दिए । मेसीले यसै क्लबमा रहेर ६ बालोन डी अवार्ड, ६ पटक युरोपेली ‘गोल्डेन सू’ जिते । सन् २०२० सम्ममा मेसीले बार्सिलोनालाई १० ला लिगा उपाधि, कोपा डेल रे तथा चार पटक युईएफए च्याम्पियन्स लिगको उपाधि दिलाए ।

ला लिगामा सबैभन्दा धेरै गोल, युरोपेली लिगमा सबैभन्दा धेरै गोल, ला लिगा र युरोपेली च्याम्पियन्स लिगमा सबैभन्दा धेरै ह्याट्रिक कीर्तिमान उनको रहेको छ ।

मध्य अमेरिकामा जन्मिएका मेसी १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका थिए । सत्र वर्षको उमेरमा त मेसी प्रतिस्पर्धाका लागि तयार नै भइसकेका थिए । यसको तिन वर्षमा नै संसारका लागि हेर्न लायक फुटबलर भइसकेका मेसीले सन् २००८–०९ को सिजनमा पहिलोपटक बार्सिलोनालाई तेहेरो उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

बाइस वर्षको उमेरमा पहिलो पटक बालोन डी इयर अवार्ड पाएका मेसीले यो सफलताले लगातार चारपटक जिते । सन् २०११–१२ को सिजनको ला लिगामा उनले युरोपमा एके सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरे ।

सन् २०१५ मा पाँचौँ पटक बालोन डी इयर अवार्ड पाएका उनले सन् २०१९ मा पनि यो उपाधि जित्दै एउटा कीर्तिमान कायम गरे ।

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान कायम गरेका मेसीले युवा समूहमा भने अर्जेन्टिनाका लागि थुप्रै उपाधि जिते । सन् २००५ मा अर्जेन्टिनालाई फिफा यूथ च्याम्पियनसिप जिताएका मेसीले गोल्डेन बल र ‘गोल्डेन सू’ पाएका थिए । त्यसको तीन वर्षपछि चीनमा भएको ओलम्पिकमा मेसीले अर्जेन्टिनालाई स्वर्ण पदक दिलाए ।

सन् २००६ मा मेसीले विश्वकपमा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान कायम गरे भने सन् २००७ मा उनी सहितको अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरिसकेको थियो । उनी सो प्रतियोगितामा उत्कृष्ट युवा खेलाडी घोषित भए । यसपछि उनको बायाँ गोडाको चाल र ड्रिब्लिङबाट मोहित हुनेहरूले म्यारोडोनासँग तुलना गर्न थालिसकेका थिए ।

यसै समयबाट एकपछि अर्को उपाधि र सफलता पाउने मेसीलाई टाइम्स म्यागेजिनले सन् २०११ र २०१२ मा संसारमा प्रभाव पार्नसक्ने १०० खेलाडीको सूचीमा सूचीकृत गरेको थियो । सन् २०२० को फेब्रुअरीमा उनी लाउरिस स्पोर्ट्सम्यान अफ द इयर अवार्डबाट सम्मानित भए ।

तीनै मेसीको उत्कृष्ट समय र जीवनको टर्निङ प्वाइन्ट कुन भन्ने आकलन धेरै भएको छ । फुटबलका पण्डितहरूले सन् २००० देखि २००५ सम्मको बार्सिलोना एकेडेमी र त्यहाँ रहेको समय मेसी र विश्व फुटबलका लागि सबैभन्दा स्वर्णिम रहेको र यसै एकेडेमीका कारण विश्व फुटबलले नै एउटा उपहार पाएको तथ्य नकार्न सकिँदैन ।

अहिले चर्चामा रहेका रोनाल्डो लुइज लाजेरियो डी रिमाको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सन् २००२ मा विश्व कप फुटबलको उपाधि जितेको थियो । तीन पटक फिफा प्लेयर अफ द इयर अवार्ड पाएका रोनाल्डोको जन्म सन् १९७६ मा भएको हो । फरवार्ड पोजिसनलाई धेरै फराकिलो दायरामा ल्याउने खेलाडीको रूपमा रोनाल्डो चिनिन्छन् ।

गोल गर्ने कलामात्र होइन, ड्रिब्लिङ, तेज गति र भिन्न ढङ्गले पोस्टमा प्रहार गर्दै विपक्षीलाई हायलकायल पार्ने यी खेलाडीको जीवनमा धेरै आरोह अवरोह आएको थियो । ब्राजिलमा एक से एक क्षमता वान खेलाडीको उदय हुनु स्वाभाविक हो ।

यसै क्रममा रोनाल्डोले क्रजुरोबाट खेल्न शुरू गरे । क्रुजेरोपछि रोनाल्डो सन् १९९४ मा पीएसभी आइन्डहोभनमा पुगे । सन् १९९६ मा उनी बार्सिलोना पुगे । त्यहाँ कीर्तिमानधारी सरुवा रकममा पुगेका उनी सन् १९९७ मा इन्टर मिलान पुगे ।

डिएगो म्यारोडोनापछि एकै पटक इन्टरमिलानले कीर्तिमान रकममा उनलाई क्लबमा भित्र्याएको थियो । ब्राजिलका लागि सर्वाधिक गोल गर्ने रोनाल्डो सन् २०११ मा सन्यास लिनुअघि कोरिएन्थेस र एसिमिलानमा आबद्ध थिए ।

सन् १९९४ मा ब्राजिलको विश्वकप विजयी टोलीमा रहेका उनी सन् १९९८ को विश्वकपमा फाइनलसम्म पुगेको ब्राजिलको टोलीमा रहेका थिए । सो विश्वकपका उनी उत्कृष्ट खेलाडी घोषित भए ।

सन् २००२ को विश्वकपमा उनी रिभाल्डो र रोनाल्डिन्हो सम्मिलित आक्रमण सबैभन्दा धारिलो थियो । सो विश्वकपमा ८ गोल गरेका उनी शीर्ष गोलकर्ता र उत्कृष्ट खेलाडी भए । उनी पेलेसँग तुलना पनि गरिन्थे । इटाली, स्पेन र ब्राजिलमा लोकप्रिय उनको टर्निङ प्वाइन्ट भने सन् १९९४ को पीएसभी आइन्डहोभनको समय मानिन्छ ।

जिजु नामले चिनिएका फुटबलर जिने दान जिदानले फ्रान्सलाई सन् १९९८ को विश्वकप दिलाए, सन् २००६ मा फाइनलमा प्रवेश गराए । केन्स र बोर्डेक्स हुँदै युभेन्टस पुगेका जिदान सन् १९९७ मा संसारमा हेर्न लायक भइसकेका थिए ।

रोनाल्डोको सनसनी रहेको सन् १९९८ को विश्वकपको उपाधि फ्रान्सलाई दिलाउन अहम् भूमिका रहेका जिदानको क्षमता निखार्ने काम मार्सेलो लिपीले गरेका थिए । सन् १९९७ र ९८ को सिजनमा रहेका जिदानलाई यसरी निखारे कि यसले फ्रान्सको फुटबललाई नै उलटपुलट गराइदियो ।

एउटा खेलाडी त्यत्तिकै राम्रो खेलाडी बन्दैन । धेरै मिहिनेत आवश्यक हुन्छ । यस अतिरिक्त उनीहरूको जीवनमा केही यस्तो मोड आइदिन्छन् जसले धेरै कुरा उलटपलट हुन्छ ।

क्रिस्टियानो रोनाल्डोको लागि म्यानचेस्टरको समय, मेसीका लागि वार्सा एकेडेमी, रोनाल्डोको लागि पीएसभी आइन्डहोभनको समय तथा जिदानका लागि युभेन्ट्सको समय यस्तो बन्यो, जसका कारण गत दुई दशकको फुटबल नै प्रज्ज्वलित भयो । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : ४० बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले