पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित | Khabarhub Khabarhub

पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन्।

प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (नेपाल) समूहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रेस चौतारी (ओली) समूहका अध्यक्ष पदका उम्मेदवार सुरेश सिह धामीलाई ४८ मतले हराउँदै संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा विजयी धामीले ११७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वद्वी सुरेश सिह धामीले ६९ मत ल्याए। अध्यक्ष पदका अर्का उम्मेदवार प्रेस युनियनका शेर बहादुर सिहले २५ मत ल्याएका छन।

उपाध्यक्षमा ओली समूह चौतारीका उम्मेदवार भवानी दत्त भट्ट निर्वाचित भएका छन्। भट्टले चौतारी (नेपाल) समूहका संयुक्त प्यानलका ज्ञानेन्द्र महतलाई ३७ मतको अन्तरले हराएका छन्। भट्टले १२३ र महतले ८६ मत ल्याएका छन्।

महिला उपाध्यक्षमा संयुक्त प्यानलका हेमन्ती डगौरा(चौधरी) निर्वाचित भएकी छन्। ओली समूह चौतारीका धर्मा रोकायालाई ८८ मतको अन्तरले हराउँदै महिला उपाध्यक्षमा चौधरी निर्वाचित भएकी छन्। सचिवमा संयुक्त प्यानलका प्रेस सेन्टरका राजेन्द्रप्रसाद अवस्थी निर्वाचित भएका छन्। उनले चौतारी (ओली समूह) का उम्मेदवार गणेशदत्त भट्टलाई ३० मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन्।

अवस्थीले ११९ र भट्टले ८९ मत ल्याएका छन्। सचिव खुला तर्फ चौतारी ओली समूहबाट तर्फबाट उम्मेदवार भएका मिडिया मञ्चका धुव्रराज अवस्थी निर्वाचित भएका छन्। अवस्थीले धामीलाई १३ मतकोले अन्तरले हराउँदै सहसचिवमा निर्वाचित भएका हुन्।

अवस्थीले ११३ र धामीले ९४ मत ल्याएका छन् । सहसचिवतर्फ प्रेस सेन्टरका पहिलाद रानाले ८४ मतको अन्तरले चौतारी ओली समूहकी उम्मेदवार रजनी रानालाई पराजित गरेकी छन्। पहिलादले १४५ र रजनीले ५७ मत ल्याएकी छन। संयुक्त प्यानलका प्रेस युनियनका जयदेव जोशीले निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी (ओली समूह) का उम्मेदवार हरिशचन्द्र बागलाई ५९ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन्।

जोशीले १२२, बागले ६३ अर्का कोषाध्यक्षका उम्मेदवार नेकपा बैद्य निकट क्रान्तिकारीका धनन्यज अवस्थीले २६मत ल्याएका छन्। महिला सदस्यमा प्रेस सेन्टरकी उम्मेदवार रिना अधिकारीले १३४ मत ल्याई विजयी भएकी छिन्। चौतारी (ओली समूह) की उम्मेदवार लक्ष्मी सेठीले ६३ मत ल्याएकी छन्।

संयुक्त प्यानलका प्रेस सेन्टर नेपालका कृष्ण बहादुर दमाईले चौतारी ओली समूहका उम्मेदवार विमल कुमार विकलाई ७० मतको अन्तरले हराउँदै दलित सदस्यमा निर्वाचित भएका छन्। दमाईले १३२ मत र विकले ६२ मत प्राप्त गरे।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : २५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको