निर्वाचन आयोगले गर्‍यो नेकपा खारेज, एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सुझाव | Khabarhub Khabarhub

निर्वाचन आयोगले गर्‍यो नेकपा खारेज, एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सुझाव


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गर्दै नयाँ दलको रुपमा एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

आयोगको २०७५ जेठ २३ को निर्णयले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामको राजनीतिक दल दर्ता भइ नेपाल राजपत्रा खण्ड ६८, अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एकीकरणपछि बनेको नेकपा बदर भएकाले अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै दललाई आग्रह गरिएको छ ।

यस्तो छ आयोगद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ३३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द