१२ महिला उद्यमीलाई सम्मान | Khabarhub Khabarhub

१२ महिला उद्यमीलाई सम्मान


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नारासहित मनाइएको १११ औँ महिला दिवसको अवसरमा दमकमा १२ जना उद्यमी महिलालाई सम्मान गरिएको छ ।

स्वरोजगारमा लागि परेर परिवार र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै दमक नगरपालिकाद्वारा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मनित हुनेमा जेष्ठ एकल उद्धमीमा दमक ४ की हर्कमाया राई, भक्का व्यवसायी दमक ६ की चम्फा राजबंशी , अपांगता अभियन्ता दमक ९ निवासी पार्वता श्रेष्ठ, एकल महिला भावना धिमाल, उद्यमी महिला दमक दमक ७ निवासी सरस्वती विक, एकल उद्धमी महिला दमक ७ निवासी पुनम गहतराज, सिटी सफारी चालक दमक ७ निवासी सीता महत कोईराला, २ जना निर्माण व्यवसायी दमक ५ निवासी देवी भुजेल र दमक २ निवासी लिलादेवी सिग्देल दर्जी, चटपटे व्यवसासी दमक ६ निवासी शान्तिदेवी चौधरी, चिया मजदुर दमक ९ निवासी फूलमाया सार्की, एम्बुलेन्स चालक दमक २ निवासी लिला बास्ताकोटी र राष्ट्रिय भलिबल खेलाडी नर्वदा बिष्ट रहेका छन् ।

उनीहरुलाई नगद २ हजार १ सय, सम्मान पत्र र दौसल्ला ओडाएर सम्मान गरिएको थियो ।

नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीसहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा दमक ९ निवासी अपाङ्गता विद्यार्थी दमक ९ निवासी पुनम भुजेललाइ नगद १० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी पनिया देवी चौधरी र निसान सिलाई कटाई सेन्टर दमक ९ लाई २/२ थान इलेक्ट्रोनिक सिलाई मेसिन पनि हस्तान्तरण गरिएको थियो । यसैगरी सीतादेवी कार्की, निशा सिलाई सेन्टर दमक ८ र टंकादेवी दाहाललाई तान बुन्ने मेसिन समेत हस्तान्तरण गरिएको थियो ।

महिलाहरुलाई आत्मनिर्भर बनाउन सके महिला हिंसा कम हुने विस्वासका साथ उद्यमी महिलालाई सम्मान र अन्य महिलालाईलाई प्रविधी हस्तान्तरण गरिएको नगरकी उपप्रमुख अधिकारीले जानकारी दिईन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ३० बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो