काठमाडौं मेयर्स कप क्रिकेट : आज पनि दुई खेल | Khabarhub Khabarhub

काठमाडौं मेयर्स कप क्रिकेट : आज पनि दुई खेल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

वाग्मतीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

वाग्मती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ ।

आर्मी र पुलिस भने दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो ।

पुलिसले भने पहिलो खेलमा वाग्मतीलाई हराएको थियो । दोस्रो खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ५० बजे

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये