एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’ | Khabarhub Khabarhub

एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिष्यले सोध्यो— ‘ईश्वर कहाँ छ ?’

गुरूले भने— ‘सबैमा ।’

बाटोमा एउटा हात्ती बेकावु हुँदै आयो । पछि पछि माहुते चिच्याइरहेको थियो— बाटोबाट हट, हात्ती पागल भएको छ ।’

गुरू छेउतिर लागे, शिष्य गुरुको कुरालाई याद गर्दै बीच बाटोमै उभियो— ‘जब सबैमा ईश्वर छन् भने हात्तीमा पनि होला ।’

हात्ती उफ्रँदै शिष्यको नजिक आयो र सुँढले उठाएर टाढा झाडीमा फ्याँकिदियो ।

शिष्य घाइते भयो । उसले गुरुसँग सोध्यो— ‘तपाईंले त ईश्वर सबैमा छन् भन्नुभएको थयो । तैपनि यस्तो किन भयो ?’

‘ईश्वर त त्यस माहुतेभित्र पनि थियो, जो हात्तीको पछाडि चिच्याउँदै आइरहेको थियो । बाटोबाट हट, हात्ती पागल भएको छ भन्दै थियो । तिमीले उसका कुरा किन मानेनौँ ?’

साभार : प्रेरक प्रसङ्गकिताबबाट

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०