‘भौज्याहा’लाई ‘रत्न श्रेष्ठ पुरस्कार’ | Khabarhub Khabarhub

‘भौज्याहा’लाई ‘रत्न श्रेष्ठ पुरस्कार’


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको ‘रत्न श्रेष्ठ पुरस्कार’ चन्द्रप्रकाश बानियाँको निबन्ध संग्रह ‘भौज्याहा’लाई प्रदान गरिने भएको छ । शान्ति निरुपक मण्डलले उक्त पुरस्कार चन्द्रको कृतिलाई दिने निर्णय गरेको हो । यो पुरस्कारको राशी ५० हजार रुपैंयाँ रहेको छ ।

मण्डलले डा. प्रमोद ढकालको ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’लाई २५ हजार रुपैंयाँ राशीको ‘रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार’ र महेश्वर पन्तको उपन्यास ‘फुर्लुङ’लाई १५ हजार रुपैंयाँ राशीको ‘धवलागिरी प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आगामी फागुन ७ गते स्व.रत्नकुमारी श्रेष्ठको १ सय १३ औँ जन्मजयन्ती तथा ४४ औँ स्मृति दिवसका दिन प्रदान गरिनेछ । लेखक बानियाँको कृति ‘महारानी’ले २०७६ सालको ‘मदन पुरस्कार’ पाइसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ०० बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप