बाइडेन र मोदीबीच टेलिफोन वार्ता : म्यानमारको सैन्य 'कु' बारे कुराकानी | Khabarhub Khabarhub

बाइडेन र मोदीबीच टेलिफोन वार्ता : म्यानमारको सैन्य ‘कु’ बारे कुराकानी


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ ।

सोमबार भएको टेलिफोन वार्तामा दुई नेताहरूबीच मुख्यरूपमा म्यानमारमा भएको सैन्य ‘कु’ बारे कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई नेताहरूले म्यानमारमा कानुनी शासन र प्रजातान्त्रिक प्रक्रिया लागु हुनु पर्नेमा जोड दिएका छन् ।

बाइडेन र मोदीबीच कुराकानी भएपछि भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको उल्लेख गरिएको छ ।

मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना पनि दिएका छन् । सो क्रममा मोदीले भारत-अमेरिका रणनीतिक सहकार्यका लागि काम गर्न सधैँ प्रतिबद्ध र आतुर रहेको बताएको विज्ञप्तिमा उल्लेख छ।

बाइडेन र मोदी नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासेफिकका लागि उस्तै सोच राख्ने देशहरूबीचको सहकार्यको महत्वलाई स्थापित गर्नेमा प्रतबद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६