संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु दृष्टिदोष : नेता भट्टराई | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु दृष्टिदोष : नेता भट्टराई


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष भएको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले अरूसँग मिलेर आन्दोलन गर्नु हुँदैन भन्ने अभिव्यक्ति दिएलसँगै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यस्तो सोचाइ राख्नु गम्भीर दृष्टिदोष भएको तर्क गरेका हुन ।

‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है,’ सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘हिजो शीतयुद्धका बाछिटा परेर कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं।’

उनले भनेका छन्, ‘अहिले नयाँ शीतयुद्धको छायामा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्।’

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : १९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन