डा. केसीले दिए ओलीलाई 'श्री ७ महाराज' को संज्ञा | Khabarhub Khabarhub

डा. केसीले दिए ओलीलाई ‘श्री ७ महाराज’ को संज्ञा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सक क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नागरिक अगुवाहरुले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पुगेका डा केसीले जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको बताए ।

उनले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ’श्री ७’ महाराजको जस्तो भएको टिप्पणी गरे ।

डा केसीले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने जिकिर गरे । संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आशन रहेको डा. केसीले बताए ।

कार्यक्रममा नागरिक अगुवाहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नागरिक सचेत हुनुपर्ने बेला आएको धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : १२ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप