ताजा जनादेशमा जाँदा लोकतन्त्रलाई थप मजबुद बन्छ : मन्त्री गुरुङ | Khabarhub Khabarhub

ताजा जनादेशमा जाँदा लोकतन्त्रलाई थप मजबुद बन्छ : मन्त्री गुरुङ


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले लोकतन्त्रलाई थप मजबुद बनाउन ताजा जनादेशमा जान लागेको बताएका छन ।

शनिबार नेपाल बिज्ञापन संघको २१ औ साधारणसभा उहाले राजनीतिक परितर्वनबाट मुलुकलाइ कुनै असर नपर्ने भन्दै ताजा जनादेशले लोकतन्त्रलाई थप मजबुद बनाउने बताएका हुन ।

उनले नेपालको सरकारलाई कमजोर बनाउने प्रयन्तबाट जोगिदै राष्ट्रलाई एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न आग्रह गरे ।

उनले बिज्ञापन क्षेत्रलाई बिस्तृत र सहज बनाउन सरकार प्रतिवद्ध रहेको धारणा पनि राखे । मन्त्री गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिए ।

त्यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चाडै विज्ञापन नीति बनाएर यस क्षेत्रलाई मजबुद बनाउनुपर्ने जिकिर गरे ।

साधारणसभाले आगामी तीन वर्षको कार्यकालका लागि सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ३१ बजे

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ– तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ ।

सहकारीकाे पैसा अध्यादेशबाट कानून ल्याएर भए पनि फिर्ता गर्छु : गृहमन्त्री

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला