चार पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्ति स्वागतयोग्य– योगेश भट्टराई | Khabarhub Khabarhub

चार पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्ति स्वागतयोग्य– योगेश भट्टराई


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (प्रचण्ड–नेपाल)पक्षका नेता योगेश भट्टराईले नेकपाको आधिकारीक पार्टी आफुहरु भएको दावी गर्दै प्रतिनिधिसभाविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने बताएका छन् ।

दैलेखको दुल्लुमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका नेता भट्टराईले सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति जारी गर्नुलाई स्वागतयोग्य भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी ढंगमा गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी छ, अहिले संविधानको रक्षा गर्ने सबै पंक्ति आन्दोलनमा छौं । प्रमुख प्रतिपक्षी दलले पनि ओलीको कदमको विरोध गरेको छ । अहिले उहाँहरु पनि आन्दोलनमा नै हुनुहुन्छ । अबको केही समयपछि एकीकृत रुपमा आन्दोलन गर्छौं ।’

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १ : २० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही