अमेरिकामा २ करोड २४ लाखभन्दा बढीमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा २ करोड २४ लाखभन्दा बढीमा संक्रमण


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा २ करोड २४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १ हजार ६५५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड २४ लाख ५६ हजार ९०२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३२ लाख ५९ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८८ लाख १८ हजार ८०४ जनामध्ये २९ हजार १४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ९१४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै शनिबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ७८ हजार १४९ पुगेको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : १५ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको