शीतयुद्धमा जासुसका प्रमुख हतियारः बुल्गेरियन छातादेखि ‘ब्रा’ सम्म | Khabarhub Khabarhub

शीतयुद्धमा जासुसका प्रमुख हतियारः बुल्गेरियन छातादेखि ‘ब्रा’ सम्म


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शीत युद्धका क्रममा बर्लिनमा पर्खाल बनाएर दुई भागमा बाँडिएको थियो ।

तर, यहाँ संसारबाट जासुसी हुनबाट बच्न सकेन नयाँ ‘जर्मन म्युजियम अफ एस्पियोनाज’ का अनुसन्धान प्रमुख क्रिस्टोफर नेहरिंगका अनुसार बर्लिन संसारको ठूलो शक्तिका हजारौं जासुसको सहर बन्यो ।

जो दुश्मनलाई हराउनका लागि महत्वपूर्ण जानकारी हासिल गर्न चाहन्थ्यो बर्लिनलाई चार भागमा विभाजन गरिएको थियो । अमेरिका बेलायत, फ्रान्स र रुस सबै देशका जासुस बर्लिनमा थिए र जासुसीका लागि अलग अलग तरिका अपनाउथे नेहरिंग भन्छन्, ‘यी सबैका जासुस सहरमा थिए ।

तर यिनीहरुमा सबैभन्दा प्रमुख थिए जीडीआरका चर्चित सेक्युरिटी सर्भिसका एजेन्ट, जसलाई स्टेसी नामबाट चिनिन्थ्यो ।

स्टेसीलाई धेरै नै पैसा प्राप्त हुन्थ्यो र उनी आम मानिसहरुसँग सजिलै भिज्न सक्दथे । उनीसँग जासुसदेखि लिएर प्रशासनिक र अन्य सेवाकर्मीबीच ९० हजार कर्मचारी थिए ।

उनीहरु सूचनाको विश्लेषण गर्नमा धेरै माहिर थिएनन् तर उनीहरु जासुसीका उपकरण बनाउनमा माहिर थिए । त्यसबेलाका केही आश्चर्य लाग्ने जासुस उपकरण यस्ता थिए ।

१.सलाईको बट्टामा क्यामेरापुर्वी जर्मनीको जासुस एजेन्सी र रुसको गुप्तचर एजेन्सीले केजीबी मिनी–क्यामेरा बनाउने केही कोशिस गरे । यसबाट जासुसहरुलाई केही फाइदा मिल्यो । यसलाई कुनै पनि सामान या कपडामा लुकाउन सकिन्थ्यो । यसबाट छोटो भिडियो बनाउन सकिन्थ्यो । यो स्टेसीले बनाएका थिए ।

२. क्यामरावाल ब्रास्टेसीले क्यामरा लुकाउनका लागि ब्राको पनि प्रयोग गर्दथे । जासुसहरुले यसको प्रयोग कुनै नजिकबाट फोटो लिनका लागि गर्दथे । नेहरिंग भन्छन्, ‘यसलाई पूर्वी जर्मनीका गुप्तचर निकायले बनाएका थिए । तर हामीलाई यसको प्रयोग नभएको थाहा थियो ।

३.फोटो स्नाईपरजासुसलाई कहिलेकाँही टाढा र अप्ठेरो स्थानबाट तस्बिर लिनुपर्ने पनि हुन्थ्यो । यस्तोमा मस्कोस्थित केएमजेड कम्पनीले रुसका एजेन्टका लागि राइफलजस्तो देखिने उपकरण बनाएका थिए । यो एक ३ सय एमएम सुपर टेलिफोटो लेन्सवाला एसएलआर क्यामेरा हो । यसबाट एजेन्टहरुले टाढैबाट तस्बिर लिन सक्थे ।

४.सामान लुकाउनका लागि मुद्राजासुसका मिनी क्यामेराबाट लिएका तस्बिर कसैले नहेरी एजेन्सीलाई पठाइन्थ्यो । यसैका लागि माइक्रोफिल्म पठाउने तरिका खोजियो । यसमा एक थियो ७० को दशकको ५ नम्बर लेखिएको जर्मनीको सिक्का । जासुस यसलाई आफूसँग राखेर त्यसमा माइक्रोफिल्म लुकाएर एजेन्सीसम्म पु¥याउने गर्दथे ।

५.गन्ध सुरक्षित राख्नजासुसको दुनियामा तस्वीर र भिडियो मात्रै नभई व्यक्तिको गन्धले समेत अर्थ राख्दथ्यो । सोही कारण यसलाई सुरिक्षत राखिन्थ्यो । क्रिस्टोफर नेहरिंगले भने, ‘स्टेसी सोधपुछका लागि ल्याइएको संदिग्धको शरीरमा एक कपडा रगडेर त्यसको गन्ध सुरक्षित रुपमा लिएर राख्ने गर्दथे । यस कपडालाई एक जारमा सुरक्षित राखिन्थ्यो । यस्तो कपडा आवश्यक पर्दा कुकुरका माध्यमबाट संदिग्धको खोजीका लागि प्रयोग गरिन्थ्यो ।

६.रहस्यमयी डिओड्रेन्टको बोत्तलटबाक ब्रान्तको डिओड्रेन्टको बोत्तलको प्रयोग माइक्रोफिल्म देखि साना दस्तावेजसम्म लुकाउनका लागि गरिन्थ्यो । यसको प्रयोग ८ युरोपेली साम्यवादी देशको गठबन्धन ‘वार्सा प्याक्ट’ का जासुसहरुले गर्दथे

७. ब्रिफकेसकहिलेकाँही जासुसलाई कसैको हत्याका लागि धेरै नजिक पनि जानु पर्ने हुन्थ्यो । यस्तो अवस्थामा निशाना खेर नजाओस भन्नका लागि अलग अलग तरिका प्रयोग गर्ने गर्दथे । यसमा सबैभन्दा खतरनाक थियो, स्कार्पियन मेशिन गन । जुन एउटा ब्रिफकेसमा अट्थ्यो पूरै म्यागाजिनका साथ यसको तौल डेढ किलो मात्रै हुन्थ्यो । स्टेसीले यसलाई धेरै उपयोगी मान्दथे । जर्मन म्युजियम अफ एस्पियोनाजका अनुसार गोली हान्नका लागि यो हतियार निकाल्न आवश्यक भएन भने तत्काल अर्को प्रयोगका लागि राखिन्थ्यो

८. बुल्गेरियन छाता- यस्तै छाताको प्रयोगबाट केजीबी जासुसले बीबीसीका पत्रकार जर्जी मार्कोभलाई विष दिएर हत्या गरेको विश्वास गरिन्छ ।

यो घटना ७ सेप्टेम्बर १९७८ मा भएको हो । जब मार्कोभ लण्डनमा वाटरलु ब्रिजमा थिए । मार्कोभले उनको उपचार गरिरहेका डाक्टरलाई आफूलाई एक व्यक्तिले छाताले आक्रमण गरेको बताएका थिए ।

फरेन्सिक जाँचमा उनको पाइन्टमा सानो यन्त्र पाइएको थियो जसबाट उनको शरीरमा एक कास्टर नामको घातक पदार्थ प्रवेश भएको थियो ।

केजीबी एजेन्टले छाताको माथिल्लो भाग आफ्नो खुट्टाका पछि राखेर ह्यान्डलमा रहेको बटन दबाए । यसबाट एक सिलिन्डर एक्टिभ भयो र त्यहाँबाट निस्किएर मार्कोचलाई लाग्यो । मार्कोचको मृत्यु ४९ वर्षको उमेरमा भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ०२ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय