फ्रेन्च लिग वानमा पीएसजीको विजयी शुरूवात | Khabarhub Khabarhub

फ्रेन्च लिग वानमा पीएसजीको विजयी शुरूवात


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी शुरूवात गरेको छ ।

शनिबार रातिको नयाँ सिजनको पहिलो खेलमा ट्रोएसलाई २-१ गोलले पराजित गर्दै पीएसजीले सुखद शुरूवात गरेको हो । पीएसजीले सुरुवाती एक गोलको अग्रता उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

खेलको नवौँ मिनेटमा वालिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुवाती अग्रता दिलाए पनि १९औँ मिनेटमा आचार्फ हाकिमीले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । २१औँ मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

जितसँगै पहिलो खेलमा ३ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०