नेपाली महिलालाई कम्बोडिया पुर्‍याएर बेच्ने एक युवक पक्राउ | Khabarhub Khabarhub

नेपाली महिलालाई कम्बोडिया पुर्‍याएर बेच्ने एक युवक पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्‍याएका थिए । त्यसपछि पैदलै म्यान्मारको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०