डुबानमा परेका मोरङ र झापाका एक सय बढी घरपरिवारको उद्धार | Khabarhub Khabarhub

डुबानमा परेका मोरङ र झापाका एक सय बढी घरपरिवारको उद्धार


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङ जिल्लास्थित रतुवामाई खोलामा आएको बाढीले बाँध फुटाउँदा सिजुवा गाउँका करिब २० घर डुबानमा परेका छन् ।

रतुवामाई नगरपालिका ७ राजाबासास्थित रतुवामाई खोलामा बिहीबार आएको बाढीले बाँध फुटेर बस्तीमा पसेपछि डुबान परेका २० घरपरिवालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सौठाबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम पौडेलको कमाण्डमा गएको टोलीले उनीहरू उद्धार गरेको हो ।

यसैगरी झापा जिल्लाको झापा गाउँपालिका १ मिलन बस्तीमा वर्षाको कारण माईखोलामा आएको बाढी पस्दा डुबान परेका करिब ८५ घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस सालमाराबाट सशस्त्र प्रहरी नायव निरीक्षक पुण्यप्रसाद विमलीको कमाण्डमा खटिएको टोलीले डुबानमा परेका घरपरिवारलाई सोही ठाउँ नजिकै रहेको सितुमाडी प्राथमिक विद्यालयको भवनमा सुरक्षित स्थानान्तरण गरेको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०