बैठकपछि एमाले कार्यदल सदस्यले भने : लगभग सहमतिको विन्दुमा पुग्यौँ | Khabarhub Khabarhub

बैठकपछि एमाले कार्यदल सदस्यले भने : लगभग सहमतिको विन्दुमा पुग्यौँ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले कार्यदलका सदस्यहरूले आज बेलुकीसम्ममा विवादित विषयमा टुंगोमा पुग्ने बताएका छन् । विवाद समाधानका लागि कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको उनीहरूले बताएका हुन् ।

सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र बेलुकी नै टुङ्गिने विश्वास नेताहरुले गरेका छन् । दिउँसो आन्तरिक छलफल गरेर बैठक बेलुकी ७ बजे पुन: बस्ने अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । विवाद निष्कर्षमा पुर्‍याउनका लागि गृहकार्य गर्ने उद्देश्यले बैठक स्थगित गरिएको नेम्वाङले जानकारी दिए ।

उनले सकभर आज निष्कर्षमा पुर्‍याउने तयारी रहेको बताए । एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी छ । विवादलाई सहमतिको निष्कर्षमा पुर्‍याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर बेलुकी ७ बजे बैठक हुने उनले जानकारी दिए ।

त्यस्तै एमालेको माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सहमतिको विन्दुमा पुगेको दाबी गरे । विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिए । उनले भने, ‘कार्यदलमा विवादित विषयमा गम्भीर छलफल भएको छ, लगभग सहमतिको विन्दुमा पुगेको छ ।’

बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो ।

एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार बेलुकी भेटवार्ता भएको थियो । कार्यदलमा भीम रावल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र भीम आचार्य रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  २ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०