के कारणले काँधको जोर्नी जाम हुन्छ ? उपचार विधि यस्तो छ | Khabarhub Khabarhub

के कारणले काँधको जोर्नी जाम हुन्छ ? उपचार विधि यस्तो छ



काँधको जोर्नी जाम हुने समस्याले केही वर्षदेखि आम समस्याको रूप धारण गरिरहेको छ । यो समस्याको चपेटामा परेकाहरुको जीवनको गुणवत्ता बिग्रन जानुका साथै काम गर्न कठिनाई पनि ल्याएर आर्थिक भार पनि बेहोर्नुपर्ने हुन्छ ।

यस समस्यालाई चिकित्सकीय भाषामा एड्हेसीव क्यापसुलाइटिस (Adhesive Capsulitis) भनिन्छ । काँधको जोर्नीहरुलाई बाँध्ने ज्वाइन्ट क्यापसुलमा प्रदाहत्मक क्रिया भएर ज्वाइण्ट क्यापसुल सुन्निने हुँदा यस समस्यालाई (Inflammation) को चपेटामा पर्दा यो अड्ड रातो तातो भएर सुन्निने दुख्ने र विस्तारै काम गर्न नसक्ने हुने गर्दछ । यस हुँदा काँधको जोर्नी चलाउने नसकिने हुन पुग्दछ । जबरजस्ती चलाउन खोजे अत्यन्त कष्टकर हुन जान्छ, दुख्छ ।

यो समस्या विस्तारै सुरु हुने समस्या हो र क्रमिक रुपमा विस्तारै बढ्दै गएर गम्भीर अवस्थासम्म पनि पुग्न सक्दछ । सामान्यतथा यो समस्या ४० देखि ६० वर्ष बिचका मान्छेलाई हुने गर्दछ । महिलाहरुमा पुरुष भन्दा ज्यादा देखिएको छ ।

सामान्य मान्छे भन्दा यो रोगले, डायबिटिज÷मधुमेह, थाइराईड हार्मोनको कमी, मुटुरोग, टि.वि. अन्य जोर्नी दुखाई, युरिक एसिडको समस्या, फ्याक्चर पश्चातको प्लाष्टर बाँधेको अवस्था काँधको चोटपटक आदि भएको अवस्थामा ज्यादा देखिने गरेको छ ।

कारणहरुः

यो रोगको यकिन गर्न मिल्ने खालका खासै कारणहरु छैनन् तथापि निम्न कारणहरुलाई यो रोगको जोखिम कारक तत्व मान्न सकिन्छ ।
१) काँधको चोट
२) काँधको शल्यक्रिया
३) गर्दनको डिक्स रोग
४) थाइराइडको समस्या
५) मधुमेह
६) ४० पछिको उमेर
७) बाथ रोग
८) मुटुरोग
९) मस्तिष्क घात
१०) पार्किन्सन रोग
११) फ्याक्चरको दौरानको इमाविलाइजेस
१२) दुर्घटना
१३) फोक्सोको समस्या÷टि.वि.

लक्षणहरुः
१) पीडा : काँधको जोर्नी जाम हुँदा जाम भएको जोर्नी ओरिपरि पीडा हुन्छ । पीडा जोर्नी चलाउदा झन बढ्दछ ।

चरणहरुः

काँधको जोर्नी जामहुने समस्या निम्न लिखित ३ चरणमा प्रस्तुत हुने गर्दछ ।

१) जोर्नी जाम हुने (Freezing State) : यो प्रारम्भिक अवस्था हो । यस अवस्थामा असाध्यै पीडा हुन्छ र जोर्नीको क्याफ्यूल बिचको पानी साइनोभीयल फ्लूइड सूक्छ । यस अवस्थामा पीडाको कारणले जोर्नी चलाउन समस्या हुन्छ । दर्द निवाकर औषधिले पनि खासै असर हुँदैन ।

२) फ्रोजन स्टेज (Adhesion State) : यस अवस्थामा काँध कडा हुन्छ र काँधको गति कम हुन्छ । पीडा सामान्य रुपमा कम हुन्छ तर जोर्नी चलाउन खोज्दा धेरै दुख्छ । सामान्यतया यो चरण ४ देखि ९ महिना सम्म रहन सक्छ ।

३) थोइङ स्टेज (Thowing Stage) : यस अवस्थामा बिस्तारै जोर्नी जाम कम हुन्छ र सामान्तया ५ देखि २६ महिना सम्म चल्न सक्दछ ।
परिक्षण:

फिजिकल टेष्ट:

काँधको जोर्नी जाम हुने रोगमा डाक्टरले धेरै प्रकारका शारीरिक परिक्षणहरु गर्ने गर्दछन् । यी परिक्षणहरु मुख्यतः जोर्नीको रेञ्ज अफ मोसन र यालेसँग सम्बन्धित छन् । जोर्नी चलाउँदा दुख्यो भने र जोर्नी फ्रि घुम्न सकेन भने जोर्नी जाम भएको मानिन्छ ।

उपचारः

यो रोगको उपचार जोर्नीको रेञ्ज अफ मेसन गर्दा मुख्य रुपमा (जोर्नीको चालको रेञ्ज), बाहल गर्नु र दुखाई कम गर्नु पर्ने हुन्छ ।
पीडा अत्यन्त भएको खण्डमा दर्द निवारक औषधिहरुको पनि उपयोग गर्ने गरिन्छ ।

क्यापसुलको सुजन कम गर्नका लागि एलोपैथिक चिकित्सा पद्धतिमा NSAID नन स्टेरोइडल एण्टी इन्फ्लामेटरी ड्रग दिइने गरिन्छ तर यो समस्यामा NSAID पनि त्यत्ति प्रभावकारी भएको पाइएको छैन । यसै गरी प्रदह कम गर्नको लागि जोर्नीको बिचमा मिथाइले प्रेडनिशोलोन नाम स्टेरोइडको इन्जेक्सन पनि दिइने गरेको छ तर यस औषधिले पनि केही समयको लागि मात्र काम गर्ने हुँदा यसको उपचारमा दीर्घकालीन प्रभाव पार्न सकेको छैन ।

प्राकृतिक चिकित्साः

प्राकृतिक चिकित्सामा काँधको जोर्नी जाम हुने समस्याको उपचार गर्नु पर्दा यो रोग कुन चरणमा छ भनेर ठम्याउनु पर्ने हुन्छ । रोगको चरणको यकिन आँकलन गरी सके पश्चात् रोगको कारणले उत्पन्न भएका अप्ठ्याराहरुलाई हटाउने प्रयास गरिनुका साथ साथै साइनोभिएक क्याप्सुलको प्रदाहलाई पनि कम गर्नु पर्ने हुन्छ ।

निम्नलिखित प्राकृतिक उपायहरुको प्रयोग गर्ने गरे काँधको जोर्नी जाम हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१)(कोल्ड कम्प्रेस : चिसोको/बरफको सेकाई)

काँधको जोर्नी जाम भएर उदपन भएको जोर्नी दुखाई कम गर्न चिसो वरफको सेकाइको विशेष भूमिका छ । चिसोले सेक्दा काँधको दुखाई भएको क्षेत्रबाट दुखाईको तरड्ड पैmलनबाट रोक्न मद्दत पु¥याउँदछ ।

कसरी रोक्ने : चिसोको दुखाई सुरु भएको आरम्भिक दिनमा गर्नु पर्ने हुन्छ । चिसोको सेकाई विशेषतः बरफको मध्यामले सेक्ने गरिन्छ । वरफले सेक्दा कहिले पनि वरफलाई सिधै छाला लगाउनु हुँदैन । यसो हुँदा चिसोले छाला जलाउन सक्छ । यसर्थ बरफलाई सबैभन्दा पहिले प्लाष्टिकको थैलोमा राखेर थैलोको मुख बाध्नु पर्छ अब थैलोलाई कपडामा लपेटेर दुखाई भएको स्थानमा १०–१५ मिनेट सम्म सेक्नुपर्छ ।
चिसोको सेकाइले विशेषतः प्रदाहलाई कम गर्ने दुखाईलाई कम गर्ने र सुन्निन रोक्ने एवम् कम गर्ने एकै साथ गर्दछ । सेकाई दिनमा २÷३ पल्ट गर्दा राम्रो हुन्छ ।

२) तातो सेकाई (Hot Compression)

काँधको जोर्नी दुखाई सुरु भएको प्रारम्भिक दिनमा चिसोको सेकाई गरिसके पछि तातोको सेकाई गर्नुपर्ने हुन्छ । तातोको सेकाईले दुखेको ठाउँ वरिपरिका मांशपेशीहरुको अकडनलाई कम गर्दछ ।

तातोको सेकाई विभिन्न तरिकाले गर्न सकिन्छ ।

१) तातो पानीको ब्यागले सेक्ने (Hot Compression)
२) ईटा तताएर सेक्ने ।
३) बालुवा भूटेर सेक्ने ।
४) जडीबुटिको पोटलीले सेक्ने ।
५) ढुङ्गा तताएर सेक्ने ।
६) पात तताएर सेक्ने ।
७) तातो भातले सेक्ने ।
८) भुतभुतेले सेक्ने ।
९) माटो तताएर सेक्ने ।
१०) हाइड्रो कोल्याटर ब्यागले सेक्ने

३) तातो पानीको स्नान:

काँधको जोर्नी जाम भएकाहरुले चिसो पानीले नुहाउनु हुँदैन । आरम्भिक ४/५ दिन सम्म चिसो पानीको प्रयोग गरे पनि त्यस पछि चिसो पानीको प्रयोग छोेडेर तातो पानीले स्नान गर्नु लाभदायी मानिन्छ ।

(लेखक भरतपुर—१, वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन् ।)

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ३३ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी