युरोपको दुईपत्रे भ्याक्सिन नीति : गरिब देशमाथि प्रहार « Khabarhub
Logo
२२ श्रावण २०७८, शुक्रबार

युरोपको दुईपत्रे भ्याक्सिन नीति : गरिब देशमाथि प्रहार



यदि तपाईं बेलायतमा हुनुहुन्छ र अस्ट्राजेनकाको भ्याक्सिन लगाउनुभएको छ भने भारतमा निर्मित कोभिसिल्ड खोप लगाउने ५० लाख बेलायतीमध्येको म पनि हुँ कि भनेर केही दिनअघिको ब्याच नम्बर हेर्नुहुनेछ । युरोपेली कमिसनले मान्यता दिएर गत साता सार्वजनिक गरेको प्रमाणपत्रमा यो भ्याक्सिन समावेश छैन ।

त्यो प्रमाणपत्रले भ्याक्सिन लगाएका व्यक्तिले युरोपेली युनियनका २७ देश र आबद्ध अन्य चार युरोपेली देशमा थप कुनै परीक्षण र क्वारेन्टिनविनै भ्रमण गर्न पाउनेछन् । गत साता पनि केही बेलायतीलाई युरोपेली देशमा बन्देज गरिएको समाचार चर्चामा आएको थियो । यद्यपि नमिल्दो के रहेको छ भने यो क्षणिक भए पनि बेलायती नागरिकलाई केही नराम्रो हुनेछैन र उनीहरूको युरोप भ्रमण प्रक्रिया कुनै बाधाविना अघि बढ्नेछ ।

बेलायती प्रधानमन्त्रीले यात्रुलाई कुनै अप्ठेरो नपर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । बेलायतको संयुक्त भ्याक्सिनेसन तथा इम्युनाइजेसन कमिटीका एक सदस्यले बीबीसीसँगको कुराकानीमा यो सल्टाउनु पर्ने एक प्रशासनिक अड्चनमात्र भएको बताएका छन् ।

अहिले कम महत्व पाएको विषय के हो भने यात्राको सम्भावना रहेका लाखौँ संख्याका व्यक्तिहरू यात्राको छुट पाउन या फेरि ढुक्क हुन अझ लामो समय कुर्नुपर्ने भएको छ । त्यहाँ बसोबास भएका र संसारभर रहेका धेरै गैरयुरोपेलीहरूले युरोपेली युनियनले अनुमति नदिएको कोभिसिल्ड भ्याक्सिन लगाएका छन् । कोभिसिल्डलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेको छ । कोभिसिल्ड अफ्रिका र निम्न तथा मध्यम आय भएका देशको भ्याक्सिनसेन अभियानको मेरुदण्डको रूपमा व्याख्या गरिएको छ ।

कोभिसिल्ड त अस्ट्राजेनका भ्याक्सिनको भारत निर्मित संस्करण मात्र हो । त्यसैले यात्रा र स्वास्थ्य स्थितिको सवालमा यसले बराबरको मान्यता पाउनु पर्नेमा यो के अचम्म भएको हो !

कोभिसिल्डलाई मान्यता नदिएर युरोपेली युनियनले कुल युरोप र संसारका बाँकी देशका बीचमा पर्खाल खडा गर्दैछ भन्ने आरोपलाई बढवा दिएको छ । भारतीय पत्रकार बार्खा दत्तले यसलाई भ्याक्सिनको नाममा ‘कुरूप जातिवाद’ भनेकी छन् ।

कोभिसिल्ड वितरण गरिएको देशमा बसोबास गरिरहेका युरोपेली युनियनका यात्रीले विरोधाभासपूर्ण सूचना पाइरहेका छन् । एकातिर उनीहरूले पाएको भ्याक्सिन सुरक्षित र संसारले मान्यता दिएको भनिएको छ अर्कोतिर, युरोपेली दूतावासहरूले रोबोटको शैलीले भ्याक्सिनसेनको यो स्थितिले भ्रमण गर्ने मापदण्ड पुरा नहुने जानकारी गराउँदै मान्यताको कुरा खण्डन गरेका छन् ।

गत महिना मैले कुरा गरेका पूर्वी अफ्रिकाका केही सम्भाव्य यात्रुका अनुसार नैरोबीमा रहेको फ्रान्सेली दूतावासले अहिलेको समयमा अस्ट्राजेनकाको लाइसेन्सअनुसार उत्पादन भएको कोभिसिल्ड भ्याक्सिनलाई युरोपेली मेडिकल एजेन्सी (ईएमए) र फ्रान्सले मान्यता नदिएको जनाएको थियो ।

यो समाचारले युरोपेली युनियनले फेरि कुल युरोप र संसारका बाँकी देशका बीचमा पर्खाल खडा गर्दैछ भन्ने आरोपलाई बढवा दिएको छ । भारतीय पत्रकार बार्खा दत्तले यसलाई भ्याक्सिनको नाममा प्रष्ट भएको ‘कुरूप जातिवाद’ भनेकी छन् ।

अहिले यो विस्फोटक कूटनीतिक सङ्कटको रहस्य खुल्दै छ । भारतले कोभिसिल्डविनाको युरोपेली अुनमति शुरू भएको दिन नै बदला लिने चेतावनी दिइसकेको छ । सरकारी स्रोतले बिबीसीलाई दिएको जानकारी अनुसार यदि युरोपेली युनियनको यातायात अनुमतिमा भारतमा बनेको भ्याक्सिन नथपिए भारतले युरोपेली युनियनको डिजिटल कोभिड प्रमाणपत्रलाई मान्यता दिने सवालमा पारस्परिक नीति स्थापना गर्नेछ । भारतीय सञ्चारमाध्यमले आफ्नो राष्ट्रिय सार्वभौमिकतामा आँच आएको भन्ने भाषा प्रयोग गरेका छन् ।

विडम्बना यो छ कि विश्वव्यापी प्रयासको परिणामस्वरूप कोभिसिल्ड निम्न आय भएका ती धेरै देशहरूमा धेरै प्रदान भएको छ । यसमा गरिब देशमा महामारी अन्त्य गर्ने उद्देश्य रहेको परियोजना कोभ्याक्सका लागि युरोपेली युनियनले ८५० मिलियन पाउन्ड दिने वाचा गरेको छ ।

कोभ्याक्स परियोजनाको भनाइ नै छ– उनीहरूको आर्थिक अवस्था जे भए पनि संसारका हरेक कुनाका व्यक्तिको कोभिड–१९ को भ्याक्सिनमा पहुँच आवश्यक छ ।

अहिले डरलाग्दा दृश्यहरू देखिन थालेका छन् । यो घटनाले बेलायतको नसानसामा प्रभाव पारेको छ । निःसन्देह, बेलायत युरोपेली युनियनबाट टाढा भएकाले पनि यस्तो निर्णय भएको हो ।

शुरूवाती दिनमा बजार र कोषका लागि उत्सुक युरोपेली युनियनको भ्याक्सिन सम्बन्धी अहिलेको यो असमान व्यवहारले धेरै प्रयास र दातृराष्ट्रप्रतिको विश्वासका कारण कायम रहँदै आएको सद्भाव नै बिथोलिने जोखिम बढेको छ ।

यो बेतुकको गतिविधिलाई अफ्रिकी युनियनले पनि बेवास्ता गर्न सकेन । युनियनले असमान उपचार सुविधाको आलोचना गर्दै ‘अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ सँग मिलेर संयुक्त विज्ञप्ति जारी गरेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्वव्यापी रूपमा वितरण गर्न योग्य मानिएको भ्याक्सिन अनिवार्य रहेको कुरा स्वीकार गर्न उनीहरूले आग्रह गरेका छन् । अर्को शब्दमा भन्ने हो भने यदि ती भ्याक्सिन युरोपेली युनियनले वितरणका लागि सुरक्षित र प्रभावकारी मान्छ भने उनीहरूले स्वीकार गर्न पनि यो पर्याप्त सुरक्षित र प्रभावकारी छ ।

अहिले डरलाग्दा दृश्यहरू देखिन थालेका छन् । यो घटनाले बेलायतको नसानसामा प्रभाव पारेको छ । निःसन्देह, बेलायत युरोपेली युनियनबाट टाढा भएकाले पनि यस्तो निर्णय भएको हो । गैरपश्चिमी देशको हकमा भन्ने हो भने सबैभन्दा विस्मयकारी कार्यान्वयन यो हो कि अस्ट्राजेनकाका दुई भ्याक्सिन एउटै भए पनि एउटा भारतमा बनेको कारण कम महत्वको ठानियो ।

केही स्टक रहेको बेलायतमा वितरण हुँदा यसमा खोट मानियो । यो पूरै चक्करले गलत नजिर स्थापना गरेको छ । अठार महिना आर्थिक गतिविधि अत्यन्तै सुस्त रहेपछिको यो दुई तहको नीतिले व्यपार–व्यवसायको लागि आवतजावत रोकिनेछ । यसले गरिब देशमा पुनर्उत्थानका लागि पनि समस्या हुनेछ । एउटै परिवारका सदस्य फरक महादेशमा रहँदाको मानवीय पीडा त वर्णन गर्नै परेन ।

यसले एउटा महत्वपूर्ण शिक्षा पनि दिएको छ । शुरूवाती दिनमा महामारीले दिने चुनौतीहरू बुझ्न सकिने थिए । यसले हामी सबैलाई एक ठाउँमा उभ्याएको थियो । अहिले हामी केही सुरक्षित छौँ तर सबै सुरक्षित हुन आवश्यक छ ।

मूल विषयभन्दा पर नगएर, पूर्वाग्रही नभई भन्ने हो भने खास किसिमको भेदभावको उपज नै यो नोकरशाही तरिका हो । ईएमएका अनुसार यसको उत्पादक भारतको सेरम इन्स्टिच्युटले मार्केटिङ अनुमतिका लागि आवेदन नदिएकाले कोभिसिल्डलाई भ्याक्सिन पासपोर्ट योजनामा समावेश नगरिएको हो ।

ईएमएले भनेको छ, अस्ट्राजेनकाको लाइसेन्स कोभिसिल्डमा रहनु नै पर्याप्त छैन किनकि सुविधाअनुसार निर्माणको अवस्था फरक हुन सक्छ । यस कारण लाइसेन्स पाएर बनाउनेले पनि छुट्टै आवेदन दिनुपर्छ ।

अहिलेलाई गैरयुरोपेली देशहरूले देखाएको आक्रोशले आंशिक काम गरेको छ । गत साताको अन्त्यमा सात युरोपेली देशले कोभिसिल्डलाई छुट्टाछुट्टै अनुमति दिए । सत्य हो कि अप्रत्याशित रूपमा संसारको अधिक क्षेत्रको धारणा र आवश्यकतालाई बेवास्ता गर्दा सन्तोष मानिएको त्यो नोकरशाही प्रवृत्तिप्रति यो आक्रोश अपेक्षित नै थियो ।

यसले एउटा महत्वपूर्ण शिक्षा पनि दिएको छ । शुरूवाती दिनमा महामारीले दिने चुनौतीहरू बुझ्न सकिने थिए । यसले हामी सबैलाई एक ठाउँमा उभ्याएको थियो । अहिले हामी केही सुरक्षित छौँ तर सबै सुरक्षित हुन आवश्यक छ । यो मन्त्र संसारका हरेक वैज्ञानिकले बारम्बार भनिरहेका छन् ।

प्रष्ट हुँदै छ, सुरक्षात्मक एैक्यबद्धता, सद्भाव र साधनको बाडँफाँड गरेर मात्र हुँदैन; कोरोना भाइरसले द्रुत गतिमा आफ्नो रूप परिवर्तन गरिरहेको यो समयमा अयोग्य ठहरिएको संरक्षणवादी संरचना पनि विघटन गर्न आवश्यक छ ।

लाखौँ बेलायतीहरूले जटिल नीतिका कारण आफैँलाई सही ठाउँमा नभएको पाएका छन् र संसार फेरि खुला हुने समयमा बेलायतले आफ्नै पोस्ट भ्याक्सिन यात्रा नियमका बारे पुनर्विचार गर्नेछ । हामीले ध्यान दिनुपर्ने यो एउटा महत्वपूर्ण शिक्षा पनि हो ।

(नेसराइन मलिक द गार्जियनका नियमित स्तम्भकार हुन् । द गार्जियनमा ४ जुलाइमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)


भर्खर

0