सिंगापुरले चिनियाँ भ्याक्सिनलाई मान्यता नदिने | Khabarhub Khabarhub

सिंगापुरले चिनियाँ भ्याक्सिनलाई मान्यता नदिने


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिंगापुरले चिनियाँ भ्याक्सिनलाई मान्यता नदिने भएको छ।

सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश पनि गरिने छैन। त्यहाँको स्वास्थ्य मन्त्रालयले चिनियाँ भ्याक्सीन सिनोवाक-कोरोनाभ्याक्स खोपलाई मान्यता नदिइएकोले सो खोप लिने व्यक्तिहरूको संख्या राष्ट्रिय खोप गणनामा समावेश नगरिने जनाएको छ।

मन्त्रालयका एक कर्मचारीले भने,’मोर्डेना र फाइजरका खोप लिएका ब्यक्तिहरुको मात्र खोप लिएको संख्यामा गणना हुन्छ।’

मन्त्रालयको वेवसाइटका अनुसार हालसम्म लगभग २२ लाखले मोर्डेना वा फाइजरका दुबै डोज खोप लगाएका छन् भने ३६ लाखले मोर्डेना वा फाइजरको पहिलो डोज लिएका छन्। लगभग १७ हजार मानिसहरुले भने सिनोवाक खोप लिएका छन्।

सिंगापुरमा जुन १८ मा केही निजी स्वास्थ केन्द्रहरुले सिनोवाक खोप दिएको थियो । यद्यपि नियामक निकायले त्यस खोपलाई अझै अनुमोदन गरेको छैन।

फाइजर र मोर्डेनाको खोप गम्भीर बिरामीलाई निको पार्न र मृत्युलाई रोक्न अधिक प्रभावकारी रहेको र भाइरस फैलनबाट रोक्न समेत प्रभावकारी भूमिका खेल्ने सिंगापुर प्रशासनको अनुसन्धानले देखाएको छ।

चिनिया खोपले भने गम्भीर बिरामीको नियन्त्रण र मृत्युलाई रोक्न प्रभावकारी नरहेको तथ भाइरस फैलनबाट पनि रोक्न नसक्ने सो अनुसन्धानले देखाएको थियो।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : २२ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा