जबरजस्ती 'यौन धन्दा'मा लगाएको आरोपमा दुई महिला पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती ‘यौन धन्दा’मा लगाएको आरोपमा दुई महिला पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवतीलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा– १० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार होटल ब्यवसाय गर्दै आएका महिलाले होटलमा आउने व्यक्तिसँग पैसा लिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको आरोपमा दुई महिला पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डीएसपी सुवास हमालका अनुसार होटलमा राम्रो काममा लगाइ दिने आश्वासनमा युवतीलाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा राम बजारमा होटल ब्यवसाय गर्दै आएका दुई महिला पक्राउ परेका हुन् ।

डीएसपी हमालका अनुसार दुवै महिलाले शुरुमा युवतीसँग राम्रै व्यवहार गरेपनि पछि होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक धम्की दिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेको खुलेको छ ।

उनिहरुलाई अहिले मानव बेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : ३५ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार