होण्डाको सीबी-३५० डीएलएक्स बाइक नेपाली बजार, मूल्य कति ? | Khabarhub Khabarhub

होण्डाको सीबी-३५० डीएलएक्स बाइक नेपाली बजार, मूल्य कति ?


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको CB 350 DLX मोटरसाइकल नेपाली बजारमा ल्याएको छ।

स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. का अध्यक्ष सौरभ ज्योतिद्वारा युटुबमा प्रिमियर गरिएको एक भिडियोमार्फत बाइकलाई नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होण्डाको CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 DLX ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल  हुने होण्डा विश्वास लिएको छ ।

रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित led हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस बाइकको मूल्य रु.७ लाख ५० हजार तोकिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०