महोत्तरीमा मध्यराति गोली प्रहार गरी लुटपाट | Khabarhub Khabarhub

महोत्तरीमा मध्यराति गोली प्रहार गरी लुटपाट


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- महोत्तरीमा सोमबार मध्यराति डाका समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् ।

लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति डाका समूहले स्थानीय रामकरण साहको घरमा गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ ।

डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ४५ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक